3 years ago
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित दर्ता गर्ने क्रममा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

खुमलटारले शेर्पालाई २–१ ले पराजित गरेको हो । खुमलटारको जितमा मनिष थापा र स्टेफन विनोङ समिरले गोल गरे । शेर्पाका कप्तान विश्वास श्रेष्ठले एक गोल फर्काए ।
ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा सोमबार भएको खेलको २२औं मिनेटमा मनिष थापाको गोलबाट खुमलटारले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा एबियोमी फकुन्लेको प्रहारलाई खुमलटारका गोलरक्षक देव लिम्बुले बचाउँदा शेर्पा बराबरीबाट चुकेको थियो ।
५७औं मिनेटमा मेसुके ओलोमोउको प्रहारलाई शेर्पाका गोलरक्षक विवश चौधरीले विफल पारिदिए । ६५औं मिनेटमा स्टेफन विनोङले गोल गर्दै खुमलटारको अग्रता दोब्बर पारे । ७९औं मिनेटमा कप्तान विश्वस श्रेष्ठले फ्रिकिकमार्फत गोल गर्दै हिमालयनलाई खेलमा फर्काउने प्रयास गरे ।

इन्ज्युरी समयमा सत्यम शर्माको प्रहारमा गोलरक्षक देव बाधक बन्दा शेर्पा बराबरीबाट चुक्यो । तर, त्यसपछि थप गोल निस्कन नसक्दा खुमलटारले लिगमा दोस्रो जित निकाल्न सफल भयो ।
यस जितसँगै खुमलटारले ४ खेलबाट ६ अंक जोडेको छ । पराजित शेर्पाको ४ खेलबाट ४ अंक नै छ । ‘ए’ डिभिजनको डेब्यु खेलमै फ्रेन्ड्स क्लबलाई हराएर सुखद् सुरुवात गरेको खुमलटारले त्यसपछि चर्च ब्वाइज युनाइटेडसँग ३–१ तथा थ्री स्टारसँग २–० ले पराजित भएको थियो ।
यता, पहिलो खेलमा मनाङसँग १–१ गोलको बराबरी खेलेको शेर्पाले पुलिसलाई १–० ले पराजित गर्दा चर्च ब्वाइजसँग १–० ले पराजित भएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]