default_image

3 years ago

March 14, 2023

मोराटाको गोलमा एट्लेटिको विजयी

168 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा फरवार्ड अल्भारो मोराटाले गोल गरेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा संघर्षपूर्ण जित निकालेको छ । एट्लेटिकोले घरेलु टोली जिरोनालाई १–० ले पराजित गरेको हो ।

बराबरीतफए धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण ३ अंक दिलाए ।

स्टेडियो म्युन्सिपल मोन्टीलिभी जिरोनामा प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोली जिरोना अन्तिम समयमा सम्हालिन नसक्दा गोल खाँदै एट्लेटिकोलाई नतिजा सुम्पन पुग्यो ।

यस जितसँगै एट्लेटिको २५ खेलबाट ४८ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित जिरोना ३० अंक जोडेर १२औं स्थानमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.