default_image

3 years ago

March 14, 2023

अन्जनले चर्च ब्वाइजबाट डेब्यु गर्दै

390 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबाट खेल्ने भएका छन् ।

लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइजले मंगलबार संकटा क्लबको सामना गर्दैछ । एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुने खेलमा अन्जनले चर्च ब्वाइजबाट आधिकारिक डेब्यु गर्नेछन् । यसअघि भारतको आइ लिगमा केन्क्रे फुटबल क्लबबाट खेलेका कारण अन्जनले सुरुवाती खेल गुमाएका थिए ।

अन्जनले यसअघि मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गर्दै लिग खेलेका थिए । त्यसअघि उनी नेपाल एपीएफ क्लबमा आबद्ध थिए । यसै सिजन मोफसलका प्रतियोगितामा अन्जनले चर्च ब्वाइजबाट खेलिसकेका छन् ।

चर्च ब्वाइज ए डिभिजन लिगको शीर्षस्थानमा रहेको छ । ३ खेलमा टोलीले ९ अंक जोडेको छ । पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २-१ ले हराएको चर्च ब्वाइजले दोस्रो खेलमा खुमलटारलाई ३-१ ले हराएको थियो । पछिल्लो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई १-० ले हराएको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.