3 years ago
March 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान प्रकाश बुढाथोकीले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै फ्रेन्ड्सले चौथो राउन्डमा जित दर्ता गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सको जितमा रफिक एमिनु र कप्तान प्रकाश बुढाथोकीले गोल गरे । जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए ।
खेलको १९औं मिनेटमा रफिक एमिनुको गोलबाट फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । एख्रोवेक उक्तामोभको लामो पासलाई नियन्त्रणमा लिदै कप्तान प्रकाश बुढाथोकीले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिष देउलाले नियन्त्रणमा लिन नसकेको बललाई नजिकै रहेका रफिकले गोल गर्न सफल भए ।
४०औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गरेपछि फ्रेन्ड्सले पहिलो हाफमा २–० को अग्रता दिलाए । लक्ष्मण रुचालको क्रसलाई रफिकले नभेटेको बललाई प्रकाशले दोस्रो बार च्याप्दै गरेको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिषले बचाउन सकेनन् ।
त्यसपछि ८७औं मिनेटमा फोडे फोफानाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउँदै जावलाखेललाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा फ्रेन्ड्सले लिगमा पहिलो जित निकाल्न सफल भयो ।
पेनाल्टी बक्समा अमित तामाङले समिराज थोकरलाई फउल गरेपछि रेफ्रीले जावलाखेललाई पेनाल्टी प्रदान गर्दा फोफाना चुकेनन् ।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जावलाखेल १० खेलाडीमा समेटिन पुग्यो । रफिक अमिनुलाई हातले धकेलेपछि रेफ्री विश्वास कार्कीले कप्तान सिमन्त थापालाई दोहोरो पहेलो कार्डसहित मैदान बाहिर पठाए । त्यसपछि थप गोल निस्कन नसक्दा फ्रेन्ड्स विजयी हुन सफल भयो ।
यस जितसँगै फ्रेन्ड्सले ४ खेलबाट ४ अंक जोडेको छ । पराजित जावलाखेलको यो पहिलो हार हो । जावलाखेलको ४ खेलबाट ७ अंक छ । यसअघि जावलाखेलले पहिलो खेलमा मछिन्द्रलाई ३–१ र दोस्रो खेलमा एनआरटीलाई २–१ ले पराजित गर्दा तेस्रो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]