3 years ago
March 15, 2023
एजेन्सी – इटालियन क्लब इन्टर मिलान सन् २०११ पछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

१२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टाेलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो । सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।
पोर्टाेमा मंगलबार राति भएको खेलको इन्ज्युरी समयमा मेहदी तारेमीको प्रहार पोस्ट र क्रसबारमा लागेर फर्कदा पोर्टाे बराबरीबाट चुकेको थियो । त्यसपछि ब्राजिली विंगर पेपेलाई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टाेको खेलमा फर्कने सम्भावना पनि टाढियो ।
पोर्टाेलाई बराबरीमा रोक्न इन्टरका गोलरक्षक आन्द्रे ओनानाले पनि उत्कृष्ट प्रदर्शन गरे । पोर्चुगिज लिगमा दोस्रो स्थानमा रहेको पोर्टाे रियल म्याड्रिडबाट तीन पटक च्याम्पियन्स लिग विजेता ४० वर्षीय पोर्चुगिज डिफेन्डर पेपे र मिडफिल्डर ओटाभियोविना मैदान उत्रिदा उनीहरुको अभाव खड्किन पुग्यो । पेपे चोटका कारण तथा ओटाभियो प्रतिबन्धका कारण टोलीमा थिएनन् ।
घरेलु टोली पोर्टाेले पहिलो हाफमा बढी अवसर सिर्जना गरेको थियो । गोलरक्षक ओनानाले ओनानाले मेहेदी तारेमी, इभानिल्सन, युरिवे र स्टीफन युस्टाक्वियोको प्रयासलाई विफल पार्दै इन्टरलाई खेलमा कायम राखे ।
यता, इन्टरले पनि पोर्टाेविरुद्ध केही अवसर बनाएको थियो । फेडेरिको डिमार्को, डेन्जेल डम्फ्रिज, एडिन जेको र रोमेलु लुकाकुले पाएको अवसरलाई सदुपयोग गर्न सकेन । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा पोर्टाेका पेपे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
इन्टर सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । यसपटक इन्टरले तिनै पोर्टाेलाई प्रि–क्वाटरफाइनबाटै पन्छाउन सफल भयो ।
अब क्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ । रियल म्याड्रिड र लिभरपुल तथा नेपोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछ । पहिलो लेगमा रियल लिभरपुलविरुद्ध ५–२ ले तथा आइनट्राख्टविरुद्ध नेपोली २–० ले अघि छ ।
इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने तेस्रो टोली बन्न सक्नेछ । यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलम पुगिसकेको छ । क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]