3 years ago
March 15, 2023
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन् । त्यस्तै विनोद डंगोलले गोल किपर प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले केहि दिन अघि नै नियुक्त पत्र दिएपनि बुधबारमात्र आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको छ । कटुवालले मंगलबार मात्र पनि मछिन्द्र क्लबको प्रशिक्षण सम्हालेका थिए ।
दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबलाई २–१ ले हराएको थियो । यो सिजनमा मछिन्द्रको चौथो खेलमा त्यो पहिलो जित थियो । कटुवालको प्रशिक्षणमा मछिन्द्रले ए डिभिजन लिगको पछिल्लो दुई संस्करण जितेको थियो ।

एन्फाले कटुवाललाई कात्तिकमा पाकिस्तानविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि मुख्य कार्यवहाक प्रशिक्षक नियुक्त गरेको थियो । त्यो मैत्रीपूर्ण खेल नेपालले १–० ले जितेको थियो ।
नेपाली टोलीले चैत ८ देखि १७ गते सम्म दशरथ रंगशालामा हुने थ्री नेसन्स कप खेल्दैछ । त्यसमा प्रतिस्पर्धा गर्नका लागि लाओस र भुटान नेपाल आउँदैछन् । केहि दिन अघि मात्र एन्फाले इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेलाई एक वर्षका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त गरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]