9 years ago
January 1, 2017
एजेन्सि – इङ्लिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा वाटफर्डलाई ४-१को फराकिलो अन्तरले हराउँदै टोटेनहम हट्सपरले अंक तालिकामा म्यानचेष्टर सिटिलाई उछिनेको छ।

ह्यारी केन र डेले अलिको २-२गोलको मद्दतले स्पर्सले वाटफर्डलाई ४-१को अन्तरले पाखा लगाएको थियो। स्पर्सका लागि ह्यारी केनले पहिलो हाफमा दुई गोल गरेका थिए भने डेले अलिले पहिलो हाफको अन्त्य र दोश्रो हाफको सुरुवातमा गोल थपेका थिए।
जितसंगै टोटेनहमको १९ खेलमा ३९ अंक भएको छ। उत्तिनै अंक बोकेको म्यानचेष्टर सिटि भने स्पर्सभन्दा गोलअन्तर कम भएकाले एक स्थान तल रहेको छ। १९ खेलमा ४९ अंक बोकेको चेल्सी शिर्ष स्थानमा यथावत रहेको छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]