9 years ago
January 2, 2017
नेपाली समय: २:१५
सिलगुढी, भारत
दिपेश तिमल्सिना
सिलगुढी – खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला ।
सुरुआती ११
नेपाल : एन्जिला तुम्वापो सुब्बा (गोलकिपर), गिता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अनिता बस्नेत, रेणुका नगरकोटी (कप्तान), दिपा राई, मन्जली कुमारी योन्जन, सरु लिम्बु, साबित्रा भण्डारी
भारत : अदिती चौहान (गोलकिपर), उमापती देवी, देवी लोइटोङबाम, मनीषा पाना, प्रेमी देवी, कमलादेवी, बाला देवी (कप्तान),सष्मिता मलिक , डांङमी ग्रेस, इन्दुमती, डालिमा

साफ च्याम्पियनसिपमा समेमिफाइनलको हारसँगै नेपालको यात्रा टुंगिएको छ । प्रत्यक्ष अपडेटमा साथ दिनुभएकोमा यहाँहरुलाई हाम्रो खेलकुद डटकमका तर्फबाट अभार व्यक्र गर्न चाहन्छौं ।
९०’– इन्जुरी समय ३ मिनेट थपिएको छ ।
८४’– भारतको तेस्रो गोल । सस्मिता मलिकलले गोल गरिन् । भारत ३–१ ले अगाडि ।
८०’– अब १० मिनेटमा नेपालले गोल फर्काउला ?
७७’– खेलाडी परिवर्तन । मन्जिली वाइवाको ठाँउमा दीपा अधिकारी मैदान प्रवेश गरेकी छिन् ।
७६’– गोल………………………. नेपालले गोल फर्काएको । सावित्रा भण्डारीले पेनाल्टीमा गोल गरेकी छिन् । खेलमा भारत २–१ ले अगाडि ।
७४’– सावित्रा भण्डारीको प्रहार, पोल नजिकबाट बाहिरियो । भारत २–० ले अगाडि ।
७३’– खेलाडी परिवर्तन । मनमाया लिम्बुको ठाँएमा कृष्णा खत्री
६७’– सावित्रा भण्डारीको फ्रिकिक किपरले रोकिन् ।
६५’– गिता रानाले झन्डै ३० यार्डबाट हानेको फ्रिकिक विपक्षी रक्षकले क्लियर गरे
६०’– ३० मिनेट खेल बाँकी रहँदा साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालविरुद्ध भारतको २–० को अग्रता
५८’– भारतले अर्को गोल गरेको छ । नेपाली कमजोर रक्षापक्तिको फाइदा उठाउँदै इन्दुमतीले गोल गरिन् ।
५५’– साबित्रा भण्डारीलाई पहेलो कार्ड
५४’– सपना लामाको कर्नरलाई विपक्षी रक्षकले क्लियर गरेकी छिन् ।
नेपाल र भारतबीचको दोस्रो हाफ सुरु
…………………………………………………..
महिला साफ च्याम्पियनसिपमा पहिलो हाफमा नेपालविरुद्ध भारतको १–० को अग्रता
४४’– भारतलाई अग्रता । कमलादेवीले गोल गरेकी छिन् ।
३९’– नेपालको अर्को संकट टर्यो । सस्मिताको प्रहार मनमायाल लिम्बुले गोललाइनबाट क्लियर गर्दै भारतलाई अग्रता लिनबाट रोकिन् ।
३५’– भारतीय डांङमी ग्रेसको प्रहार नेपाली गोलकिपर एन्जिलाको बचाउ
३४’– मनयमाया लिम्बुको फ्रिकिकलाई भारतीय गोलकिपर अन्जलीले रोकिन् ।
२५’– मन्जलीको पासमा सावित्राको फितलो प्रहार । अग्रता लिने मौका गुम्यो । खेल गोलरहित बराबरीमा जारी
समूह चरणमा ११ गोल गरेकी सावित्रा भण्डारीले भारतविरुद्धको सेमिफाइनलमा गोल गर्लिन् ?
१७’– भारतको लगातार दुई प्रहार । नेपाल जोगियो । सस्मिताको प्रहार बारमा लागेर फर्कियो त्यहि रिबाउन्डमा डांङमी ग्रेसको प्रहार पुनः बारमा लागेर फर्कियो ।
१६’– साबित्रा भण्डारीको प्रहार भारतीय किपरले रोकिन् ।
साफ च्याम्पियनसिपको समूह चरणमा १८ गोल गरेको नेपालले भारतविरुद्ध गोल गर्न सक्ला ?
७’– मिनेट भारतीय सष्सिता मलिकको प्रहार नेपाली गोलकिपर एन्जिलाले रोकिन्
१’–नेपाल र भारतबीच साफ च्याम्पिनसिपको पहिलो सेमिफाइनल सुरु भएको छ ।
राष्ट्रिय गान गाउँदै नेपाली खेलाडी । नेपाल र भारतबीच महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनल केही समयमा सुरु हुँदैछ ।
नेपाल र भारतबीच महिला साफ च्याम्पियनसिपको सेमिफाइनल अबको १० मिनेटमा सुरु हुनेछ ।
नेपाल र भारतको महिला टोलीबीच अहिले सम्म पाँच पटक फाइनलमा भेट भएको छ । साफ च्याम्पिनयसिपमा तीन पटक र सागमा दुईपटक । पाँचवटै फाइनलमा भारत विजयी भएको थियो ।
श्रीलंकासँग खेल्दाको भन्दा भारतविरुद्धको सेमिफाइनलमा नेपाली टोलीमा दुई खेलाडी परिवर्तन । गोलकिपर अन्जन नारामगरको ठाँउमा एन्जिला तुम्वाफो सुब्बा र शर्मिला थापाको ठाँउमा सरु लिम्बु
भारत र नेपालबीच केही बेरमा सुरु हुने साफ च्याम्पियनसिपका लागि दुवै टोलीले वार्म अप सुरु गरेका छन् ।
भारतीय गोलकिपर अदिती चौहान इङ्लिस प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडबाट व्यवसायिक फुटबल खेल्छिन् । यस बर्ष उनी लिगमा एसियाली खेलाडीमध्ये उत्कृष्ट खेलाडी समेत घोषित भएकी थिइन् ।
नेपाली टोलीका प्रशिक्षक कुमार थापा मैदान निरिक्षण गर्दैछन् । भारत,सिलगुढीको कञ्चनजंघा रंगशालामा आज नेपाल र भारतबीच महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेल सुरु हुँदैछ । के होला आज नतिजा ?
नेपाली टोली सिलगुढीस्थित कञ्चनजंघा रंगशाला पुगेको छ । नेपाल र भारतबीच दिउँसो २:१५ मा साफ च्याम्पिनसिपको पहिलो सेमिफाइनल खेल हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]