default_image

9 years ago

January 2, 2017

इतिहास रच्ने पालो महिला टोलीको

159 views

0 Bookmark

दिपेश तिमल्सिना
सिलगुढी (भारत)– झन्डै डेढ बर्षमा नेपाली फुटबलले एक पछि अर्को सफलताको सिढी चढ्दै आएको छ । त्यसमा मुख्यतः पुरुष टोलीले सफलता दिलाएको छ । यद्दपी, महिला टोलीको प्रदर्शन पनि कमजोर भएन थिएन । मात्रै महिला टोली च्याम्पियन बनेर फर्कन सकेको छैन, जसरी चारवटा प्रतियोगितामा नेपाली पुरुष टोली विजेता बन्न सफल भएको छ ।

img_8237

२०७२ भदौमा साफ यू १९ जितेको नेपालको सिनियर टोलीले माघमा बंगबन्धु गोल्डकप र फागुनमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) को यू २३ मा स्वर्ण पदक जितेको थियो । त्यहि सागको महिला फुटबलको फाइनलमा भने पराजित हुँदै नेपाल रजत पदक लिएर फर्केको थियो ।

पुरुष टोलीको सफलता त्यतिमा रोकिएन डेढ महिना अघि एएफसी सोलिडारिटी कप जितेरअघि सम्मकै ठूलो सफलता हासिल गरिसकेको छ । त्यहि विजतोका हैसियतमा एएफसी एसिया कप २०१९ को छनोट खेल्ने मौका पाउने भएको छ । यी तमाम सफलताका वावजुद पुरुष टोली साफ च्याम्पिनसिपको च्याम्पियन बन्न भने अझै पनि सकेको छैन । अहिले सम्म फाइनल पनि पुग्न सकेको छैन ।

तर, महिला साफ च्याम्पियनसिपमा भने हरेक पटक फाइनल पुग्दै आएको छ । तीन पटक फाइनल खेल्दा पनि टोली च्याम्पियन भने बन्न सकेको छैन । यसपटक महिला टोली सामू च्याम्पियन बनेर फर्कने सम्भावना छ । तर, त्यसका लागि फाइनल अघिको फाइनल जित्नुपर्छ ।

भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पिनसिपमा आज नेपाल र आयोजक भिड्दैछन् । नेपाली प्रशिक्षक कुमार थापा र भारतीय प्रशिक्षक साजिद दार दुवैले यसलाई फाइनल सरह मानेका छन् । धेरैको अनुमान छ, आजको खेल जित्ने नै साफको च्याम्पियन बन्नेछ । भारत त्यस्तो दक्षिण एसियाको टोली जसलाई कसैले अहिले सम्म हराउन सकेको छैन ।

समूह चरणमा बंगलादेशसँग गोलरहित बराबरीमा रोकिनु भारतको अहिले सम्मको खराब प्रदर्शनमा पर्दछ । नेपाल पनि दक्षिण एसियाको भारतपछिको दोस्रो उत्कृष्ट टोली हो । दक्षिण एसियामा भारतबाहेक सबै टोलीलाई नेपालले हराउँदै आएको छ । यसपटक नेपालले आफुलाई भारतभन्दा अब्बल सावित गर्ने मौका सेमिफाइनलमै प्राप्त गरेको छ । आजको खेलमा भारतलाई हराउन सके नेपाली महिला फुटबलको स्तर अझै माथि उठेको प्रमाणित हुनेछ ।

briefing

सेमिफाइनलमा भारतलाई हराउन भनेको ५० प्रतिसत च्याम्पियन भए बराबर हो । साफ च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेर फर्कन सकिन्छ भन्ने पुरुष टोलीलाई पनि सन्देश दिनका लागि भारतसँगको नतिजा महत्वपूर्ण हुनेछ । यसपटक महिला टोली च्याम्पियन बनेर फर्केमा अर्को बर्ष हुने पुरुष च्याम्पियनसिपको तयारीका लागि नेपाली पुरुष टोलीको मनोबल पनि उच्च रहनेछ ।

भारतलाई हराउने र साफ च्याम्पियनसिपको च्याम्पियन बन्ने यस्तै सम्भावना सधै नेपाली टोलीले नपाउन सक्छ । यस्तो मौका बारम्बार प्राप्त नहुनपनि सक्छ । फागुनमा सागमा भोगेको ४–० को हारको बदला लिने र च्याम्पियन बन्ने बाटोमा अझै एककदम अघि बढ्ने आजको खेल महत्वपूर्ण छ । नेपाली समय अनुसार दिउँसो २ः१५ मा सुरु हुने सेमिफाइनलमा नेपाली महिला टोलीलाई सफलताको शुभकामना ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.