3 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सनिश श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यु गर्ने भएका छन् । लाओसविरुद्ध प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा सनिशले सुरुवाती रोजाइमा खेल्दै डेब्यु गर्न लागेका हुन् ।

फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेल्दै प्रभाव जमाएपछि एपीएफ पुगेका सनिश यसपटक लिगका उत्कृष्ट खेलाडीमा पर्छन् । एपिएफको लागि राइट ब्याक पोजिसनमा खेल्ने उनी आवश्यक पर्दा सेन्टर डिफेन्स पनि खेल्छन् । विदेशी डिफेन्डर अडामा डुम्बिया रातो कार्डका कारण निलम्बनमा पर्दा सनिशले नै डिफेन्स सम्हाले । अग्ला कदका सनिश विपक्षी आक्रमण रोक्न खप्पिस छन् र डेब्युको संघारमा छन् ।

सनिशसँगै आजको खेलमा डिफेन्समा अनन्त तामाङ, रोहित चन्द र विकास खवास छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेका छन् । मिडफिल्डमा एरिक विष्ट, नविन लामा र पुजन उपरकोटी रहेका छन् । त्यस्तै डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले सेन्टर डिफेन्स सम्हाल्नेछन् । सनिश श्रेष्ठ राइट ब्याक तथा विकास खवास लेफ्ट ब्याक छन् ।
यो पनि : लाओसविरुद्ध भरत सुरुवाती ११ मा
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]