3 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड भरत खवासले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लाओसविरुद्ध पहिलो खेलमा सुरुवात गर्ने भएका छन् । गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् ।

प्रशिक्षक भिंसेंजो अल्बर्टो अनेसेले अनुभवी फरवार्ड भरतलाई उनकै क्लब सहकर्मी नवयुग श्रेष्ठसँग अग्रपंक्तिमा उतारेका हुन् । चोटका कारण अन्जन विष्ट भने बेन्चमा रहेका छन् । आयुष घलान पनि अग्रपंक्तिमा रहनेछन् ।
मिडफिल्डमा एरिक विष्ट, नविन लामा र पुजन उपरकोटी रहेका छन् । त्यस्तै डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले सेन्टर डिफेन्स सम्हाल्नेछन् । सनिश श्रेष्ठ राइट ब्याक तथा विकास खवास लेफ्ट ब्याक छन् ।
प्रशिक्षक अनेसेले गत साता पत्रकार सम्मेलनमा बोल्दै चरणवद्ध रुपमा आफ्नो योजना अनुसार नयाँ खेलाडी समावेश गर्ने बताएका थिए । उनले एकैपटक परिवर्तन गर्न खोज्दा नतिजा राम्रो आउन नसक्ने भन्दै नयाँ र पुराना खेलाडीको सन्तुलन कायम राख्ने बताएका थिए ।
त्यसअनुसार आज लाओसविरुद्ध अनुभवी खेलाडी नै पहिलो रोजाइमा देखिन्छ । अनेसेले आफ्नो पुरानो क्लबमा विशेषत ४-३-३ को रणनीतिमा खेलाउने गरेको र नेपाली टोली पनि त्यसमा अभ्यस्त छ । यसबाहेक प्रशिक्षकले व्यक्तिगत अपेक्षा अनुसार खेलाडी प्रयोग गर्न सक्छन् ।
गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् । गत साता मात्र भारतीय लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका किरण नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् । उच्च लयमा रहेका किरणपछि दीप कार्की र अभिषेक बराल ब्याकअपको रुपमा रहनेछन् ।

डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडी निरन्तर छ । कुनै समय राष्ट्रिय टोलीमा पनि डिफेन्सिभ मिडफिल्डमा खेलेका रोहित पछिल्लो समय भने अनन्तसँग डिफेन्समा जमेका छन् । प्रशिक्षक अनेसेले टोलीको आवश्यकता देखेर रोहितलाई मिडफिल्डमा खेलाउँदा भने आदित्य चौधरी विकल्पको रुपमा छन् । युवा डिफेन्डर पदम भट्टराई पनि पहिलो पटक टोलीमा पर्दा केहि मिनेटको अपेक्षा गरिरहेको हुनेछन् ।
विंगब्याकतर्फ नेपालले सनिश श्रेष्ठलाई राइट ब्याकमा खेलाएको छ । लिगमा एपिएफका लागि उच्च प्रदर्शन गर्दै आएका उनीबाहेक टोलीमा प्राकृतिक राइट ब्याक छैनन् । विकास खवास डिफेन्सको सबै क्षेत्रमा खेल्न सक्ने भएकाले उनको भूमिका पनि महत्त्वपूर्ण रहनेछ । लेफ्ट ब्याकमा उनी सुरुवात गर्दैछन् भने निशान खड्का विकल्पमा छन् ।
सेन्टर मिडफिल्डमा पुजन उपरकोटीले रक्षात्मक भूमिका निर्वाह गर्नेछन् । यसबाहेक एरिक विष्टलाई नविन लामाले सेन्टर मिडफिल्डमा साथ दिँदैछन् । यी दुईको विकल्पमा कमल थापा र मणि लामाले बेन्चमा ब्याकअपको रुपमा रहेका छन् । सुमित श्रेष्ठ खेलको अवस्था अनुसार फरक पोजिसनमा खेल्न सक्ने भएकाले वैकल्पिक खेलाडीको रुपमा उत्रन सक्छन् ।
आक्रमणमा नवयुग श्रेष्ठसँगै भरत खवास र आयुष घलान छन् । नवयुग राष्ट्रिय टोलीका लागि घरेलु मैदानमा पहिलो गोल गर्ने लक्ष्यसहित मैदानमा हुनेछन् । प्रशिक्षक अनेसेले फरवार्ड अन्जन विष्ट खेलका लागि उपलब्ध हुने पक्का गरेकाले उनी बेन्चबाट आउने सम्भावना छ । आशिष चौधरी, मनिष डाँगी र दीपक राज सिंह ठकुरीले पनि खेल बढ्दै जाँदा बेन्चबाट पसेर आफ्नो गति प्रयोग गर्न सक्छन् ।
सम्भावित सुरुवाती ११ :
किरण चेम्जोङ
सनिश श्रेष्ठ – अनन्त तामाङ – रोहित चन्द – विकास खवास
पुजन उपरकोटी
एरिक विष्ट – नविन लामा
भरत खवास – नवयुग श्रेष्ठ – आयुष घलान
थ्री नेसन्स कपका लागि पूर्ण टोली :
गोलरक्षक (३) – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब, भारत), दीप कार्की (मनाङ), अभिषेक बराल (सातदोबाटो)
डिफेन्डर (७) – रोहित चन्द (प्रेसिक केडिरी, इन्डोनेसिया ), अनन्त तामाङ (चर्च ब्वाइज), आदित्य चौधरी (जावलाखेल), विकास खवास (आर्मी), सनिश श्रेष्ठ (एपिएफ), निशान खड्का (संकटा), पदम भट्टराई (खुमलटार)
मिडफिल्डर (८) – मणि लामा (एपिएफ), नविन लामा (एपिएफ), पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , कमल थापा (मनाङ) , आशिष चौधरी (चर्च ब्वाइज), आयुष घलान (संकटा) र सुमित श्रेष्ठ (मनाङ)
फरवार्ड (५) – दीपक राज सिंह ठकुरी (सातदोबाटो), मनिष डाँगी (संकटा), नवयुग श्रेष्ठ (आर्मी), भरत खवास (आर्मी) र अन्जन विष्ट (चर्च ब्वाइज)
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]