3 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर मणि लामाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । लाओसविरुद्ध खेलको ७३ औं मिनेटमा मैदान प्रवेश गर्दै मणिले सिनियर डेब्यु गरेका हुन् ।

फुटसलको राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका मणिले एपिएफ हुँदै राष्ट्रिय टोलीको यात्रा तय गरेका हुन् । सेन्टर मिडफिल्डमा खेल्ने उनी आक्रमणमा बढी आवद्ध देखिन्छन् । बक्स टु बक्स भूमिका निर्वाह गर्दै आएका उनले दर्शनीय गोल पनि गरेका छन् । पछिल्लो समय प्रशिक्षक रत्नकाजी महर्जनले एपिएफमा उनलाई आक्रमणमा थप खुला भएर खेल्न दिएका छन् ।
मणिले आफ्नै क्लबका कप्तान नविन लामाको स्थान लिएर मैदान प्रवेश गरे । नेपाल लाओसविरुद्ध २-० ले अघि छ । अनन्त तामाङ र नवयुग श्रेष्ठले नेपालका लागि गोल गरेका हुन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]