3 years ago
March 23, 2023
धनगढी (हाम्रो खेलकुद) – बागमती युथ क्लब सर्लाही मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै बागमती अन्तिम ८ मा प्रवेश गरेको हो । बागमतीको जितमा खेलको चौथो मिनेटमा अनिल राना मगरले विजयी गोल गरेका थिए ।
बागमतीले सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको छैटौं संस्करणको उद्घाटन गरेका थिए ।
सुदूरपश्चिम प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले प्रदेशको खेलकुद विकासका लागि सरकारले बजेटमा वृद्धि गर्नुपर्ने धारणा राखेका थिए । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले प्रदेशको गौरवको रुपमा रहेको खप्तड गोल्डकप प्रतियोगिता आयोजनाका लागि सहयोग पुर्याउने प्रदेश सरकार सहित सम्पुर्ण नीजि र सरकारी निकायप्रति आभार प्रकट गरेका थिए ।
बिहीबार सुरु प्रतियोगिता चैत १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ ए डिभिजन, २ विदेशी र एक मोफसल र आयोजक गरि १० टिम सहभागी छन् । प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार ए डिभिजन क्लब खुमलटार एफसी र एभिनिर एफसी क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]