default_image

9 years ago

January 2, 2017

आहा रारा गोल्ड कपको तयारी अन्तिम चरणमा

149 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखराको सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकप फुटबल प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित आहा रारा गोल्ड कपको १५ औं संस्करण माघको ४ गतेदेखि १५ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुदैछ ।

aaha-1

‘प्रतियोगितामा सहभागि हुने १२ टिमको अबको केहि दिनमा लगभग पक्का हुदैछ, यसपाली पनि हामीले विदेशी टिम ल्याउने तयारी गरेका छौं, साहरा क्लबका अध्यक्ष वीरभद्र आचार्यले भने, ‘त्यसैगरी आन्तरीक रुपमा खेल मैदान मर्मत सम्हार तथा रंगरोगन लगायतको काम तिव्र गतिमा हुदैछ ।’

मैदान व्यवस्थापन उपसमितिका संयोजक रामजी कार्कीका अनुसार यही पुसको पहिलो हप्तादेखि रंगशालाको फुटवल मैदानमा पानी हाल्दै मल राखेर दुवो उमार्ने काम भएको बताएका छन् । मैदान वरपरसरसफाई देखि प्यारापिटमा मर्मत रंगरोगनको काम सुरु भएको छ । क्लबले यसपटक अस्थायी कृतिम स्काइ फोण्डीङ (फलामको अस्थायी प्यारापिट ) निमार्ण गर्ने भएको छ भने मैदान वरिपरी टिनले वार्ने भएको छ ।

aaha-2

रंगशलामा केहि बर्ष अघि खानेपानी वोरीङ संचालन भए पनि त्यसलाई समयमै मर्मत हुन नसक्दा पानी किनेर पोखरा रंगशालामा प्रयोग गर्नुपर्ने बाध्यकारी अबस्था रहेको छ । खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नारा सहित आयोजना हुने उक्त प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन,माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन रहेको छ ।

aaha

वेष्ट अफ फाईभ प्रायोजन पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा , अफिसियल वाटर ईको पानी अफिसियल एयर लाईन्स बुद्ध एयर,सर्वोकृष्ट खेलाडी पुरस्कार हिरो डयास स्कुटर,याटस एल.जि.टि.भी.को सहयोग,पोखरा उपमहानगर पालिकाको संयोजन,राष्ट्रिय खेलकुद विकास समिति,अखिल नेपाल फुटबल संघ,पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷एन्फा,कास्की/ सहारा यु.के./सहारा हङ्गकङ्ग /सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुने भएको महासचिव केशवराज बरालले बताए ।

प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरालले जनाए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.