default_image

3 years ago

March 30, 2023

थ्री नेसन्सको फाइनल : ‘अनौपचारिक मैत्रीपूर्ण’ तर उपाधि भिडन्त

283 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

दशरथ रंगशालामा शुक्रबार साँझ ५:३० बजे नेपाल र लाओसको राष्ट्रिय टोली प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको समूह चरणको शीर्ष दुई टोलीबीच उपाधिका लागि भिडन्त हुँदा यो खेलको स्तर भने ‘अनौपचारिक मैत्रीपूर्ण’ मात्र हुनेछ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सिमित अवधिमा तोकिएको खेलले मात्र आधिकारिक अन्तर्राष्ट्रिय खेलको मान्यता पाउँछ । फिफाले हरेक वर्ष ६ देखि ७ पटक ‘फिफा डे’ अर्थात् अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा प्रतियोगिताका लागि मिति छुट्याउने गरेको छ । विश्वभर नै लागु हुने नियम अनुसार यसपटक २०-२८ मार्चलाई फिफा डे तोकिएको थियो । यसबीचमा हरेक राष्ट्रले अधिकतम २ खेल खेल्न पाउने प्रावधान रहेको थियो ।

नेपालले यसपटक ३ देशको सिनियर टोलीलाई नै थ्री नेसन्स कपमा सहभागी गराएको थियो । त्यसैले समूह चरणका तीनै खेलले अधिकारिक अन्तर्राष्ट्रिय खेलको मान्यता पाए । तर फाइनल खेलका लागि भने फिफा डे को मिति र अधिकतम २ खेल पनि सकिएका कारण फाइनल खेल ‘अनौपचारिक मैत्रीपूर्ण’ मात्र हुने भएको हो । नेपाल र लाओसको खेल प्रतियोगिताको उपाधिका लागि भएपनि यसले खेलाडीको खेल संख्या र गोल मापन हुँदैन भने दुवै देशको नतिजा र फिफा वरीयतामा कुनै असर गर्ने छैन ।

यसैपनि थ्री नेसन्स कप लगायतका प्रतियोगिता आधिकारिक मैत्रीपूर्ण खेल मात्र हुन् । यी प्रतियोगितालाई अधिकारिक उपाधिको रुपमा गणना गर्न मिल्दैन । दुई वर्षअघि नेपालले नै आयोजना गरेको थ्री नेसन्स कपपछि पनि यसको चर्चा भएको थियो । त्यसबारे थप जानकारीका लागि “कुन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, कुन अधिकारिक प्रतियोगिता ?” मा चर्चा गरिएको छ ।

दुई वर्षअघि पनि नेपालले थ्री नेसन्स कपको आयोजना गरेको थियो । तर उक्त प्रतियोगितामा किर्गिस्तानको मुख्य टोली नभएकाले नेपाल र बंगलादेशको खेल मात्र अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । फाइनल खेलले पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलकै मान्यता पाएको थियो किनभने त्यसबेला फिफा डे मा किर्गिस्तानको यू-२३ टोलीसँगको खेल पनि अनौपचारिक मैत्रीपूर्ण नै थियो ।

नेपालले शुक्रबार साँझ लाओससँग भिड्द खेल अनौपचारिक भएपनि उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फिफाले यस खेललाई अधिकारिक मान्यता नदिएपनि दुवै टोलीलाई मनोबल उच्च पार्न यो उपाधि महत्त्वपूर्ण छ । लाओसका प्रशिक्षक माइकल वाइसले खेल अनौपचारिक भएपनि आफ्नो टोलीले निकै महत्त्व दिएर खेल्ने बताए ।

‘हाम्रो लागि यस खेलले निकै महत्त्व राख्छ । लाओसको लागि निकै महत्त्व राख्छ । लाओसले धेरै फाइनल खेलेको छैन । र अझ युवा टोलीले भरिपूर्ण खेलाडी भएकाले पनि हामी अझ बलियो भएर अगाडी आउन महत्त्वपूर्ण छ । अरु कुरा ध्यान दिदैनौं,’ वाइसले थपे ।

कप्तान सुकाफोन वोंगचेंगखामले पनि लाओसले हालसम्म फाइनल पुगेको थाहा नभएकाले जितका लागि खेल्ने बताए ।

नेपालका कप्तान किरण चेम्जोङले फिफा डे मा नभएपनि टोलीको मनोबलको लागि यो खेल महत्त्वपूर्ण रहेको बताए । ‘फिफा डे मा खेल छैन तर हामी फाइनल पुगेका छौं । नयाँ टोली छ र मनोबल र आत्मविश्वास बढाउन यो उपाधि महत्त्वपुर्ण छ । वर्तमान अवस्था हेर्दा समर्थकका लागि पनि महत्त्वपूर्ण रहेको मानेको छु,’ किरणले भने ।

नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेका लागि पहिलो जिम्मेवारीमा मिश्रित प्रतिक्रिया आएको छ । मैदानमा फितलो प्रदर्शन भएपनि नेपालले नतिजा भने सुम्पनु परेको छैन । तर भुटानविरुद्ध इतिहासमै पहिलोपटक बराबरीमा रोकिन पुग्दा भने केहि खल्लोपना पक्कै भएको छ ।

नेपालले यसपटक ६ नयाँ अनुहारसहित केही पुराना अनुहार समेट्दै टोली निर्माण गरेको थियो । प्रशिक्षक अनेसेले केहि दिन टोलीसँग रहेर रणनीति बुनेका थिए । छोटो समयमा उनले हासिल गरेको नतिजाको प्रशंसा गर्नुपर्छ नै । तर प्रदर्शनमा भने केहि खस्किएको पक्कै छ । यसलाई नेपाली टोलीबाट अधिकांश खेलाडीको पलायनले पनि प्रत्यक्ष असर गरेको छ ।

नेपालले शुक्रबार लाओसको सामना गर्दा आउने दिनमा के अपेक्षा गर्ने भन्ने प्रश्नको केहि संकेत पाउने आशा गर्न सकिन्छ । नयाँ रुपमा देखिएको राष्ट्रिय टोलीले प्रशिक्षक अनेसेको आगमनसँगै कुन पथमा अघि बढ्छ, त्यसमा भोलिको नतिजा महत्त्वपूर्ण हुनेछ । मिडफिल्डर पुजन उपरकोटी अनुपस्थित र अन्जन विष्ट शत प्रतिशत फिट नहुँदाको अवस्थाले खेलमा अझ चुनौती थपिएको छ । खेल ‘अनौपचारिक मैत्रीपूर्ण’ भएपनि दुवै लाओस र नेपालले यसलाई गम्भीरताका साथ लिएका छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.