4 years ago
January 30, 2022
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार दशरथ रंगशालामा मौरिससलाई पराजित गर्यो । विमल घर्तीमगरले दोस्रो हाफमा गरेको गोलको मदतले नेपाल १-० को जित हासिल गर्न सफल भयो । उक्त खेलपछि कतिपय दर्शक-समर्थकले सामाजिक संजालमा नेपालले ११ वर्षपछि मैत्रीपूर्ण खेलमा जित हासिल गरेको भन्दै खुसी साटे । तर नेपालले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको ११ वर्ष होइन, ११ महिनापनि भएको छैन ।

नेपालले २९ मार्च २०२१ मा दशरथ रंगशालामा बंगलादेशको राष्ट्रिय फुटबल टोलीलाई २-१ ले पराजित गरेको थियो । उक्त खेल अझ बढी यादगार तत्कालिन कप्तान विराज महर्जनको संन्यास घोषणाका कारण पनि धेरैको मानसपटलमा ताजा छ । नेपालले थ्री नेसन्स कपको नाममा गरेको प्रतियोगितामा नेपाल र बंगलादेशको राष्ट्रिय टोली तथा किर्गिस्तानको यू-२३ टोलीको सहभागिता रहेको थियो । नेपालले प्रतियोगिता भनेर आयोजना गरेपनि अन्तर्राष्ट्रिय मान्यताका लागि भने यो खेल मैत्रीपूर्ण खेल नै मानिन्छ ।
हुन त नेपालले बंगलादेशलाई उक्त प्रतियोगिताको फाइनलमा पराजित गर्दै उपाधि नै जितेको थियो । तर सो उपाधिको गणना अधिकारिक रुपमा कतै पनि हुँदैन । फिफाले यस्ता खेललाई प्रतियोगिता नभएर मैत्रीपूर्ण खेलकै मान्यता दिने गर्दछ । अझ, उक्त प्रतियोगितामा सहभागी किर्गिस्तान यू-२३ विरुद्धको खेल त अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा गणना पनि हुँदैन ।
नेपालले यसअघि सन् २०१६ मा बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप जित्दा पनि यस्तै स्थिति थियो । बंगलादेशले आयोजना गरेको उक्त प्रतियोगिताका सिनियर राष्ट्रिय टोलीबीच भएका खेल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण नै थिए । तर नेपालले उपाधि जितेको उक्त प्रतियोगिताको फाइनल खेल भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल थिएन । कारण नेपालको प्रतिद्वन्द्वी बहराइनले यू-२३ टोली पठाएको थियो ।

उक्त प्रतियोगितामा नेपालले खेलेको श्रीलंका, बंगलादेश र माल्दिभ्सविरुद्ध तीनै खेल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण मै सिमित रहे । समूह चरणमा मलेसियाको फेल्डा युनाइटेडसँगको बराबरी र फाइनलमा बहराइन यू-२३ को जित आधिकारिक गन्तीमा आउँदैनन् । नेपालले उक्त प्रतियोगितामा पनि दुई मैत्रीपूर्ण खेल जितेको थियो । समूह चरणमा श्रीलंकालाई १-० ले पराजित गरेको नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४-१ ले हराएको थियो ।
नेपालले उक्त प्रतियोगिताको फाइनलमा बहराइन यू-२३ लाई ३-० ले पराजित गर्दा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरेका थिए । अधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नभएकाले त्यो गोल पनि यी खेलाडीको अन्तर्राष्ट्रिय गोलमा गन्ति हुँदैन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण मान्यता नपाएको खेल खेलाडीको क्याप गन्तीमा पनि जोडिदैन ।
नेपालले खेल्ने आधिकारिक प्रतियोगिता भनेको फिफा, एएफसी र साफ मातहतका अधिकारिक प्रतियोगिता मात्र हुन् । त्यसो त नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटि कपको उपाधि जितेको थियो । त्यो नेपालले पछिल्लो पटक जितेको र एएफसी मान्यता प्राप्त एकमात्र उपाधि हो । एसियन कप छनोटमा अघि बढ्न नसकेका टोलीबीच भएको उक्त प्रतियोगिता त्यसपछि आयोजना भएको छैन । यसबाहेक फिफा विश्वकप छनोट र एसियन कप छनोटलाई फिफाले मान्यता दिएको छ । साफ च्याम्पियनसिपका लागि भने नेपालले फिफा/एएफसीसँग सहकार्य गर्दै क्यालेन्डर बनाउने गरेको छ ।
अझ फिफाको अन्तर्राष्ट्रिय फुटबल नियम अनुसार फिफाले ‘फिफा डे’ तोकेको समयमा मात्र अन्तर्राष्ट्रिय खेलका लागि क्लबले खेलाडी छाड्नुपर्ने हुन्छ । यदि फिफा डे बाहिर कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुन्छन् भने, त्यसमा पनि क्लबले खेलाडी नछोड्ने निर्णय गर्न पाउँछ । फिफा डे बाहिर बिरलै मात्र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने गर्दछ ।

शनिबार नेपालले मौरिससविरुद्ध खेल्दै अफ्रिकी राष्ट्रविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । यसअघि सन् २०१२ मा नेपालले क्यामरुनसँग खेलेको कतिलाई याद होला । भारतले आयोजना गरेको नेहरु कपको समूह चरणमा नेपाल क्यामरुनसँग ५-० ले पराजित भएको थियो । तर यो नेहरु कपको अस्तित्व पनि नेपालको थ्री नेसन्स कप र बंगलादेशको बंगबन्धु कप जस्तै हो । उक्त प्रतियोगितामा क्यामरुनले सिनियर अन्तर्राष्ट्रिय टोली पठाएको थिएन, त्यसैले क्यामरुनविरुद्ध खेल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण थिएन ।
गत वर्ष सम्पन्न थ्री नेसन्स कपमा नेपालले फाइनल पुग्दै बंगलादेशलाई हराएको थियो । त्यसबेला सरकारले उपाधि जितेको भन्दै नगद पुरस्कार पनि घोषणा गर्यो । अझ त्यसबेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मैदानमा पुगेपछि खेलाडीले ‘केपी बा, वि लाभ यु’ भन्दै लगाएको नाराले खुबै चर्चा पाएको थियो । सरकारले त्यसबेला प्रतियोगिता जित्यो भन्दै गरेको पुरस्कार वितरणप्रति खेलकुद सम्बद्ध व्यक्ति तथा संस्थाले असन्तुष्टि जाहेर गरेका थिए । त्यो जायज पनि थियो ।

मैत्रीपूर्ण खेलको सिरिजलाई प्रतियोगिता मान्दै पुरस्कार घोषणा गर्दै जाने हो भने, क्रिकेटमा त यस्ता थुप्रै सिरिज हुन्छन् । नेपालले फुटबलमा थ्री नेसन्स जितेको केही समयमा नै क्रिकेटले पनि ट्राइ नेसन्स सिरिजको उपाधि जित्यो । अझ उक्त प्रतियोगितामा त तीनै टोली सिनियर राष्ट्रिय टोली थिए । तर सरकारले क्रिकेटलाई पुरस्कृत गर्ने वास्ता नै गरेन । यसकारण क्रिकेटका पदाधिकारी र खेलाडीले निराशा समेत व्यक्त गरेका थिए ।
नेपालले खेल्ने अधिकारिक प्रतियोगिता एएफसी एसियन कप छनोटको खेल जुन महिनामा हुँदैछ । नेपालले उक्त प्रतियोगितामा ३ खेल खेल्नेछ । त्यसअघि मार्चमा पनि टोलीले मैत्रीपूर्ण खेल खेल्ने सम्भावना छ । यदि नेपालले त्यसबेला अन्य दुई टोलीलाई आमन्त्रण गरेर अर्को ‘थ्री नेसन्स कप’ आयोजना गरे, त्यो पनि मैत्रीपूर्ण खेल नै रहन्छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]