default_image

9 years ago

January 2, 2017

एलाभेन एरोज फाल्गुनन्द गोल्ड कपको सेमिफाइनलमा, हिमालयन शेर्पा बाहिरियो

151 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर (हाम्रो खेलकुद)– सुनसरीको एलाभेन एरोज आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । तीन बर्षपछि घरेलु प्रतिस्पर्धात्मक फुटबलमा फर्केका हिमालयन शेर्पालाई ३–० ले हराउँदै एलाभेन एरोजको अन्तिम चारमा पुगेको थियो । तीन दिनअघि झापा ११ सँग पराजित हुँदै हिमालयन शेर्पा काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको थियो ।

dsc_0408
खेलको ३० औं मिनेटमा अफ्रिकन मुलका सामसिङले गोल गर्दै सुनसरिलाइ सुरुबाती अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा प्राप्त बलमा उनीले कुनै गल्ति नगरि गोल गरेका थिए । ६३ औं सामसिङले गोल थप्दै गोलअन्तरलाई दोब्बर पारे । उनको दोस्रो खेलमा निशान लिम्बुले पास दिएका थिए । त्यस्तै निर्धारित ८० मिनेटको खेल सकिनु दुई मिनेटअघि अफ्रिकन मुलका पिटरले एकल प्रयासमा गोल गर्दै टोलीको जित पक्का पारे ।

हेमन गुरुङ ,मानबहादुर तमाङ,रुपेश केसी जस्ता घरेलु फुटबलका स्थापित खेलाडी सम्मिलित हिमालयन शेर्पाले खेलमा फर्कने पटक पटक प्रयास गरेपनि सफल भएन । हिमलयन शेर्पाका प्रशिक्षक बिकास गौचनले नयाँ खेलमैदान अनुभव नहुँदा हार्नु परेको बताए । विजयी टोलीका पिटर म्यान अफ दि म्याच बने ।

फाल्गुनन्द गोल्ड कपमा मंगलबारको खेल
फिदिम स्पोर्टिङ क्लब पाँचथर विरुद्ध फ्यान क्लब बि.आ.सि भुटान
फिदिम उच्च मा.बिको खेलमैदान
दिनका २ बजे

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.