default_image

9 years ago

January 2, 2017

सिएमजी क्लब संकटा टुबोर्ग हेटौंडा गोल्डकपको क्वार्टरफाइनलमा

152 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा क्लब काठमाडौंले टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा जारी प्रतियोगितामा भुटानको डुकस्टार फुटबल क्लबको चुनौती १–० गोलअन्तरले पन्छाउँदै संकटाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । संकटाले सेमिफाइनल प्रवेशका लागि बुधबार नेपाल आर्मीको सामना गर्नेछ ।

hetauda
खेलको ८४ औं मिनेटमा संकटाका लागि अनिल गुरुङले गोल गरेका थिए । उनले डिबक्स नजिकैबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । उनको यो गोलसँगै संकटा साँघुरो जीत दर्ता गराउन सफल भएको हो । गुरुङ नै खेलको एएफयु म्यान अफ दी म्याच घोषित भए ।
पोष्टम्याच कन्फ्रेसनमा प्रतिक्रया दिँदै संकटाका प्रशिक्षक शैलेश कर्माचार्यले काँकडभिट्टामा र हेटौंडामा खेल जुत्दा समस्या भएको बताए । ‘दुवै प्रतियोगितामा क्लब सहभागी भएको छ । जसले गर्दा खेलाडी बाँडिएर सहभागी हुनु हाम्रो बाध्यता हो,’ उनले आगामी खेलमा थप खेलाडी ल्याउने प्रतिक्रिया दिए ।
भुटानका प्रशिक्षक कोता नामले आयोजकले ढिलो निम्तो गरेको कारण भिषा प्रोसेसले गर्दा क्लबमा रहेका दुई विदेशी खेलाडी र राष्ट्रिय टोलीका तीनजना खेलाडी प्रतियोगितामा उपलब्ध नभएको बताए । उनले मैदानको कारणले पनि खेलाडीलाई खेल्न समस्या भएको बताए ।

unnamed-1
पुस २३ गतेसम्म सञ्चालन हुने प्रतियोतिगाअन्तर्गत् सेमिफाइनल प्रवेशका लागि मंगलबार सहारा क्लब पोखरा र भारतको दिल्ली युनाइटेडबीच खेल हुने आयोजक प्रतिष्ठान अध्यक्ष भेष खड्कीले जानकारी दिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.