default_image

9 years ago

January 2, 2017

रुपन्देही–११ काँकरभिट्टा गोल्डकपः सेमिफाइनलमा

152 views

0 Bookmark

काँकरभिट्टा (हाम्रो खेलकुद) – रुपन्देही ११ काँकरभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भुटानको फ्यान्स क्लब बिआरसीलाई ३–१ ले हराउँदै रुपन्देही काँकरभिट्टा गोल्डकप दोस्रो संस्करणको अन्तिम चारमा पुगेको हो ।

kakarnbitta2

रुपन्देहीको जितमा दीपक राईले २ र लक्ष्मण रुचालले १ गोल गरेका थिए । बिआरसीका लागि रमेश केसीले गोल फर्काएका थिए । काँकडभिट्टाको खेलमैदान दोस्रो मिनेटमा पहिलो गोल गरेका दीपकले अर्को गोल ७१ औं मिनेटमा गरे । लक्ष्मणले इन्जुरी समयमा गोल थपेका थिए । भुटानी क्लबका लागि ८० औँ मिनटमा रमेशले गोल गरे । 

पुस २३ गते सम्म चल्ने प्रतियोगितामा विजो टोलीले ४ लाख र दोस्रो हुने टोली २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

काँकडभिट्टा गोल्डकप फुटबलमा मंगलबारको खेल
एपिएफ क्लबविरुद्ध सिएमजी क्लब संकटा

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.