default_image

9 years ago

January 2, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

129 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– दस खेलाडीमा सिमित हुनुका वावजुद म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सोमबार बर्नलीलाई २–१ ले हराएको छ । अर्को खेलमा लिभरपुल २–२ को बराबरीमा रोकिएपनि सिटी तेस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको चेल्सीभन्दा एक खेल बढी खेलेको सिटी अझै ७ अंकले पछाडी छ भने बराबरी २० खेल खेलेको दोस्रो स्थानको लिभरपुलभन्दा २ अंकले पछाडी छ ।

city
फर्नाडिन्होले ३२ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छोडेपनि सिटीका लागि ५८ औं मिनेटमा गेल क्लिचीले पहिलो गोल गरेका थिए । त्यसको चार मिनेट पछि नै सर्जियो अगुइरोले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर पारे । ७० ओं मिनेटमा विन मिले गोल गर्दैै सिटीमाथि दबाब बढाउने प्रयास त गरे, तर त्यसपछि टोली गोल थप्न सकेन ।
प्रिमियर लिगमा सोमबारका अन्य खेलमा एभर्टनले साउथ ह्याम्टनलाई ३–० ले, वेस्ट ब्रुमविचले हल सिटीलाई ३–१ ले हरायो भने मिडल्सब्रो र लेस्टरले गोलरहित बराबरी खेले । आजै म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.