default_image

9 years ago

January 2, 2017

लिभरपुल सन्डरल्यान्डसँग बराबरीमा रोकियो

137 views

0 Bookmark

सन्डरल्यान्ड (एजेन्सी)– जेरमाइन डेफोले पेनाल्टीमा दुई गोल गर्दा खेलमा सन्डरल्यान्डसँग २–२ को बराबरीमा रोकिएपछि लिभरपुलले शीर्षस्थानको चेल्सीसँगको अंक दुरीलाई ३ मा घटाउने मौका गुमाएको छ ।

630797890
प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुलले दुई पटकको अग्रतालाई जोगाउन सकेन । डानियल स्टुरिजले १९ औं मिनेटमा हेडमार्फत गोल गर्दै अग्रता दिलाएपछि २५ औं मिनेटमा डेफोले बराबरी गोल गरेका थिए । रागनार क्लाभानले डिडिर एनडोङलाई फाउल हानेपछि सन्डरल्यान्डले पेनाल्टी पाएको थियो ।
साडियो मानेले ७२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपछि उनकै कारण सन्डरल्यान्डले अर्को पेनाल्टी पायो र बराबरी गोल फर्कायो । खेल सकिन ६ मिनेट बाँकी रहँदा पेनाल्टी बक्स भित्र मानेको ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा डेफोले गोल गर्दै टोलीलाई बराबरीमा पु¥याएका थिए ।

२० खेलमा दोस्रो स्थानको लिभरपुलको ४४ अंक पुगेको छ भने एक खेल कम खेलेको शीर्षस्थानको चेल्सीको ४९ अंक छ । दस खेलाडीमा सिमित हुनुका वावजुद बर्नलीलाई २–१ ले हराएको म्यानचेस्टर सिटी ४२ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रिमियर लिगमा सोमबारका अन्य खेलमा एभर्टनले साउथ ह्याम्टनलाई ३–० ले, वेस्ट ब्रुमविचले हल सिटीलाई ३–१ ले हरायो भने मिडल्सब्रो र लेस्टरले गोलरहित बराबरी खेले । आजै म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.