9 years ago
January 3, 2017
काँकरभिट्टा– सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता एपिएफ मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सिएमजी क्लब संकटालाई १–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । १७ मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

टुबोर्ग हेटौंडा गोल्डकपको पहिलो खेलमै पराजित भएर झापा पुगेको थियो । सातौं राष्ट्रिय खेलकुदमा च्याम्पियन भएको दुई दिनपछि नै एपिएफ हेटौंडामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग पराजित भएको थियो । उता संकटा भने अघिल्लो दिनमात्र हेटौंडामा भुटानको डुकस्टार हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो । एपिएफका हरि खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने,‘हेटौंडामा मनाङसँगको हारका कारण यहाँ जित्नै पर्ने दबाब थियो । सेटको पाँच जना नहुँदा पनि सफल नतिजा निकाल्न सकेकामा सन्तुष्ट छौं । अर्को खेलमा अझै सुधार गर्नेछौं ।’ संकटाका प्रशिक्षक सल्याङ खड्गी नियमितसँगै अभ्यास नगरेका कारण सेट नमिलेको जनाउँदै भने,‘खेल ५०/५० को थियो । एउटा सानो गल्तिले हामी हायौं।’
काँकरभिट्टा गोल्डकपमा बुधबारको खेल
झापा ११ विरुद्ध रुपन्देही ११
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]