default_image

9 years ago

January 3, 2017

आयोजक फिदिम फाल्गुनन्द गोल्डकप सेमिफाइनलमा

145 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– आयोजक फिदिम स्र्पोटिङ क्लब पाँचथरमा जारी आठौं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार फ्यान्स क्लब बिआरसी भुटानलाई २–० गोलले हराउदै फिदिमले विर्ता युनाइटेड क्लब झापा संगको सेमिफाइनल भेट पक्का गरेको छ ।

phidim
अघिल्लो दिनमात्र रुपन्देही ११ संग पराजित हुदै काकरभित्ता गोल्ड कप बाट बाहिरिएको भुटानी क्लब पाँचथरमा पनि पहिलो खेलबाटै बाहिरीएको छ । फिदिम उच्च मा.बिको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोश्रो हाफमा आयोजक टोलीका मेहरमान खवासको ठाँउमा मैदान प्रेबश गरेका शरण बस्नेतले ६० औं मिनेटमा गोल गर्दौ अग्रता दिलाएका थिए । आशिष राईको प्रहार फ्यान्स क्लबका रक्षकले क्लियर गर्न नसक्दा गोल भएको थियो । ७९ औं मिनेटमा साजन राइको क्रसमा शरणले दोस्रो गोल गर्दै टिमलाइ सेमिफाइनलमापु¥याएका हुन ।

पहिलो हाफमा केहि राम्रो प्रर्दशन गरेको भुटान दोश्रो हाफमा केहि दबाबमा परेको थियो । आयोजक फिदिमका नरेश सम्हाफे खेलको म्यान अफ दि म्याच घोषित भए । भुटानी क्लबका प्रशिक्षक युवराज साम्पाङ राईल हरेक दिन खुल्नु पर्दा खेलाडी चोट ग्रस्त भएको पराजित हुनु परेको बताए ।

फाल्गुनन्द गोल्ड कपमा बुधवारको खेल
कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ ११ विरुद्ध चर्च व्याइज क्लब काठमाण्डौ
फिदिम उच्च मा.बि को खेल मैदान
दिनको २ बजे

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.