default_image

9 years ago

January 3, 2017

भारतको दिल्ली यूनाइटेडलाई हराउदै साहारा हेटौंडा गोल्डकपको सेमिफाइनलमा

160 views

0 Bookmark

मकवानपुर(हाम्रो खेलकुद) – सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा पोखराको साहारा क्लव सेमीफाइनल प्रवेश गरेको छ । मङ्गलबार दिल्ली यूनाइटेड एफसी भारतलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै साहाराले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

sahara

निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि टाइब्रेकर मार्फत निर्णय लिइएको थियो । खेलको ३९ औं मिनेटमा दिल्लीका ऋषि रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएपनि आफ्नो दबाव कायमै राखेको थियो । १० खेलाडीमा सीमित दिल्लीका लागि दोस्रो हाफको १६ औं मिनेटमा जोनाथोनले गोल गरेका थिए । क्याप्टेन डोन लेप्चाको क्रसलाई सदुपयोग गर्दै जोनाथोनले हेड मार्फत गोल गरेका हुन् ।

निकै दवावमा रहेको साहाराका रिचार्ड पुनले दोस्रो हाफको २८ औं मिनेटमा खेललाई बराबरीमा फर्काए । रोशन मालीको फ्रि–किकलाई पुनले पोष्टको दिशा दिएका हुन् । त्यसपछि दुवै टिमले केही राम्रा मूभहरु बनाएपनि थप गोल गर्न नसक्दा खेल टाइ ब्रेकर तर्फ ढकेलियो ।  ।

टाइब्रेकरमा साहाराका गोलरक्षक सोजित गुरुङ नायक बने । उनले ३ वटा प्रहार बचाउ गरेका थिए । दिल्ली यूनाइटेडका लोगो, गाले र रोशन क्षेत्रीको प्रहार सुजितले रोकेका हुन् । दिल्लीको तर्फबाट डोन लेप्चा र मारुफले मात्र गोल गरे । यता साहाराको तर्फबाट टाइब्रेकरमा बिष्णु गुरुङ, शिव सुवेदी र प्रदीप गुरुङले गोल गरे । सुसन गुरुङको प्रहार दिल्लीका गोलरक्षक सन्जुले रोकेका थिए ।

sojit-gurugun

खेलको म्यान अफ दी म्याच साहाराका गोलरक्षक सोजित घोषित हुँदै नगद ३ हजारसहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा बुधबार गत बर्षको उपविजेता नेपाल आर्मी र संकटा क्लवको बीचमा खेल हुनेछ । २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमश  नगद ५ लाख र ३ लाख रुपियाँ प्राप्त गर्नेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.