default_image

9 years ago

January 3, 2017

रियल मड्रिड टोटेनह्यामका मिडफिल्डर अल्ली ताक्दै

113 views

0 Bookmark

स्पेन (एजेन्सी)–‘ट्रान्सफर विन्डो’ खुले लगतै खेलाडीहरु यता जाने र उता जाने भन्दै हल्ला चल्न थाल्छन् । त्यसमध्ये केहि मात्र वास्तविक हुन्छन् । हाल रियल मड्रिडले टोटेनह्यामका स्टार डेले अल्ली लाई भित्राउन चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मड्रिडमाथि खेलाडी ट्रान्सफरमा लगाइएको प्रतिबन्धका कारण यही जनवरीमा अल्लीलाई भित्राउन नपाएपनी आउँदो सिजन उनलाई ल्याउने मड्रिडको दाउ छ । 

Dele alli

सन् २०१५ मा ५ मिलियन पाउण्डमा एमके डन्सबाट टोटेनह्याम पुगेका अल्लीलाई मड्रिडले १० गुणा बढी रकममा खरिद गर्ने इच्छा देखाएको छ । टोटेनह्यामका लागि मिडफिल्डको केन्द्रमा रहेका २० बर्षिय अल्लीले पिीमियर लिगको ५१ खेलमा २० गोल गर्दै १० असिस्ट गरिसकेका छन् । उनको सुधारिदै गरेको फर्मले मड्रिडलाई आकर्षित गरेको हो । तर टोटेनह्याम भने आफ्नो अर्का क्षमतावान खेलाडीलाई मड्रिड जान नदिने दाउमा रहेको छ । यसअघि गेराथ बेल र लुका मोड्रिच दुवै टोटेनह्यामबाट मड्रिड गएका थिए ।

bale and modric

बेल र मोड्रिच दुवै टोटेनह्यामबाट मड्रिड गएका थिए ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.