3 years ago
April 13, 2023
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ ।

रियलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीमाथि २–० को सहज जित हात पारेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे ।
सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलको २१औं मिनेटमा बेन्जेमाको गोलबाट रियलले १–० को अग्रता लिन सफल भयो । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए ।
पहिलो हाफमा १–० ले पछि परेको पाहुना टोली चेल्सी दोस्रो हाफको शुरुमै १० खेलाडीमा समेटिन पुग्दा थप समस्यामा पर्न पुग्यो । ५९औं मिनेटमा बेच चिलवेल सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

७४औं मिनेटमा परिवर्तित खेलाडी मार्काे एसेन्सियोले गोल गर्दै रियललाई २–० को जित दिलाए । ७१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका एसेन्सियोले चार मिनेटभित्रै भिनिको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविकको विजेता रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब चेल्सीको मैदानमा १८ अप्रिलमा हुने खेलमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा पुग्नेछ । चेल्सीलाई भने सेमिफाइनल पुग्न कम्तीमा ३–० को जितको खाँचो छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]