9 years ago
January 4, 2017
प्रकाश तिमल्सिना
काठमाडौं– राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ दोस्रो पटक विदेशी क्लबबाट खेल्ने सम्भावना बढेको छ । झन्डै दुई महिनाअघि नेपाललाई एएफसी सोलिडारिटी कप जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका किरण भित्राउन माल्दिभ्सको प्रिमियर लिग टोली ट्रस्ट एन्ड कियर (टिसी) स्पोर्टस क्लबले चासो देखाएको छ ।

‘टिसी क्लबका एकजना जिम्मेवार व्यक्तीसँग दस दिनजति अघि अनौपचारिक कुरा भएको छ’ २७ बर्षे किरणले हाम्रो खेलकुद डटकमसँग भने,‘अहिले प्रारम्भिक चरणको कुरा हो । क्रिसमस र नयाँ बर्षको विदापछि सम्पर्क गर्छु भनेका छन्, सायद अब केही दिनमा खबर आउन सक्छ ।’ क्लबका प्रतिनिधिले पछिल्लो केही समयदेखि आफ्नो खेल पछ्याइ रहेको आफुलाई जानकारी दिएको किरणले बताए ।
‘हामी तिम्रो खेलबाट प्रभावित छौं । अहिले फ्री छौं छैनौं सोधेका थिए’ उनले क्लबका प्रतिनिधिसँगको भएको कुराकानी सुनाउँदै भने, ‘अहिले म फ्री छु भनेको छु ।’ क्लबले एक बर्षको लागि अनुबन्ध गर्न सक्ने जनाएपछि अन्य पारिश्रमिक, सेवा सुविधाका बारेमा छलफल नभएको पनि किरणले जानकारी दिए । ‘कम्तिमा एक बर्ष मिल्यो भने दुई बर्षसम्म पनि गर्न सक्छौं भन्ने कुरा पनि छ,’उनले भने, ‘अर्को पटकको कुराकानीमा अझ प्रष्ट होला ।’
गत बर्ष माल्दिभ्स लिगमा दोस्रो भएको टिसी स्पोर्टस क्लबसँग किरण आबद्ध भएमा उनको त्यो दोस्रो विदेशी क्लब हुनेछ । यसअघि उनले सन् २००९ मा बंगलादेशको चटगाँउ अवामीबाट केही समय व्यवसायिक फुटबल खेलेका थिए । उनीसँग राष्ट्रिय टोलीका पूर्व सदस्य सन्तोष साहुखल र लोकबन्धु गुरुङपनि अवामीबाट खेलेका थिए ।
क्लबले नै चासो दिएर आफुलाई प्रस्ताव गरेको किरणले बताए । माल्दिभ्स जस्तो व्यवसायिक फुटबल अघि बढेको ठाँउमा मौका मिल्यो भने त्यो व्यक्तिगत रुपमा आफु र नेपाली फुटबललाई फाइदा पुग्ने किरणको ठम्माई छ । उनले थपे ‘विदेशी क्लबबाट खेल्न पाउनु हाम्रो लागि त राम्रो हो । माल्दिभ्सको लिग हाम्रो भन्दा स्तरीय छ । एएफसी कपमा सिधै खेल्न पाउछ । त्यहाँ अन्य विदेशी खेलाडी पनि खेलिरहेका छन् । अझै हाम्रा धेरै खेलाडीले विदेशी क्लबबाट खेल्न पाउने हो भने त्यसले राष्ट्रिय टोलीलाई नै फाइदा पुग्छ । समग्रमा नेपाली फुटबललाई फाइदा पुग्छ ।’
सन् २००८ मा पोखरामा पाकिस्तानसँगको खेलमा डेब्यू गरेको किरण चोटका कारण पछिल्ला केही प्रतियोगितामा बाहेक निरन्तरत राष्ट्रिय टोलीमा छन् । मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको सेमिफाइनलमा किरणले लाओसविरुद्धको टाइब्रेकरमा दुईवटा पेनाल्टी रोक्दै नेपाललाई फाइनल पुर्याएका थिए। मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता जितेको थियो ।
घरेलु फुटबलमा लामो समय रुस्लान थ्री स्टारबाट खेलेका किरण गत सिजन लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमा आबद्ध भएका थिए । अहिले क्लबसँगको उनको सम्झौता टुंगिएपछि घरेलु फुटबल मनाङबाटै खेल्दै आएका छन् । मनाङबाटै टुबोर्ग हेटौंडा गोल्डकप खेल्न जाने तयारीमा रहेका किरणले भने, ‘सम्झौता सकिसकेको छ । तर पनि विदेशी क्लबमा जानुपर्दा छोड्ने हाम्रो पहिलानै सहमति छ ।’ माल्दिभ्सको लिग फेब्रुअरीबाट सुरु हुनेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]