default_image

3 years ago

April 18, 2023

एनआरटीले खुमलटारलाई हरायो

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा एनआरटीले खुमलटारलाई ३–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको हो ।एनआरटीको जितमा सरोज तामाङ, सन्जिव विष्ट र मोहित गुरुङले गोल गरे । खुमलटारका श्याम मुुर्मुले एक गोल फर्काए ।

सबै चार गोल दोस्रो हाफमा भएको थियो । निराशजनक बनेको पहिलो हाफमा एनआरटीका सरोज तामाङ गोलको दुई अवसर खेर फालेका थिए । ५१औं मिनेटमा स्टेफन समिर विनोङको प्रहारलाई एनआरटीका गोलरक्षक पुजन होनाले सहजै नियन्त्रणमा लिए ।

५७औं मिनेटमा मनिष थापाको क्रसमा अभिषेक लिम्बुको हेडरलाई गोलरक्षक पुजन होनाले उत्कृष्ट बचाउ गर्दै एनआरटीलाई खेलमा कायम राखे । ६५औं मिनेटमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए । सुसान श्रेष्ठले दिएको क्रसलाई अनमार्क रहेका सरोजले हेडरमार्फत गोल गर्न सफल भए ।

८२औं मिनेटमा सन्जिव विष्टले गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए । जिन एनिसेट एमबोउमीको क्लियरेन्सलाई कृतिश रन्त छुन्जुले नियन्त्रणमा लिदै दुई डिफेन्डरलाई बिट गर्दै दिएको पासमा रोशन दोङले क्लियर गर्न नसकेको बलाई सन्जिवले सहजै गोल गर्न सफल भए ।

८५औं मिनेटमा परिवर्तित खेलाडी मोहित गुरुङले गोल गर्दै एनआरटीलाई ३–० ले अघि बढाए । कृतिशको पासमा अनमार्क रहेका मोहितले गोलरक्षक देव लिम्वुलाई बिट गर्दै गोल गर्न सफल भए ।

९०औं मिनेटमा परिवर्तित खेलाडी श्याम मुर्मुले जय गुरुङको पासमा गोल गर्दै खेललााई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा एनआरटी विजयी हुन सफल भयो ।

एनआरटी १० खेलबाट १० अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित खुमलटार १० खेलबाट १० अंक जोडेर ११औं स्थानमा झरेको छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.