default_image

9 years ago

January 4, 2017

आर्मी टुबोर्ग हेटौंडा गोल्डकपको सेमिफाइनलमा , नवयुग र दीपको गोल

144 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)–त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता–२०७३ को सेमिफाइनलमा पुगेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी प्रतियोगितामा बुधबारको अन्तिम क्वार्टरफाइनलमा ए डिभिजन प्रतिद्वन्द्वि सिएमजी क्लब संकटालाई २–० ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो ।

img_6317

संकटा अघिल्लो दिनमात्र अर्को विभागिय टोली एपिएफसँग १–० ले पराजित हुँदै झापामा जारी काँकरभिट्टा गोल्ड कपबाट बाहिरीएको थियो । आर्मीको जितमा नेपालका चर्चित स्ट्राइकर नवयुग श्रेष्ठ र दीप लामाले गोल गरेका थिए । खेलको ४० औं मिनेटमा आर्मीका समुन अर्यालले प्रहार गरेको फ्रिकिकमा फिल्क हेड गर्दै नवयुगले खाता खोलेका थिए । उनले गरेको हेड प्रहारमा संकटाका गोलरक्षक विशाल श्रेष्ठले रोक्ने कुनै मौका पाएनन् ।
नवयुग श्रेष्ठकै पासमा ७२ औं मिनेटमा दीपले डिबक्सबाहिरबाट प्रहार गरेको सट गोलमा परिणत भएको थियो । दीपले प्रहार गरेको सटमा संकटाका गोलरक्षक विशाल श्रेष्ठले डाइभ गरेकापनि खराब मैदानको कारण बल बाउन्स भएर गोलमा परिणत भएको थियो । खेलमा आर्मीका मिडफिल्डर सन्तोष तामाङ एएफयु म्यान अफ दी म्याच घोषित भए । उनले तीनहजार रुपियाँसहित ट्रफि समेत प्राप्त गरेका थिए ।

hetauda
हेटौंडा–१० स्थित वनविज्ञान खेलमैदानमा जारी खेलपश्चात् पोष्टम्यान कन्फ्रेन्समा आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफ्नो खेलाडीहरुको खेलबाट सन्तुष्ट नभएको बताएका छन् । ‘लगातार खेल भएका कारण खेलाडीलाई खेल्न गाह्रो भइरहेको छ । खेलाडीले रिकभरी हुने मौका समेत प्राप्त गरिरहेका छैनन्’, उनले भने,‘मोफासलमा हुने प्रतियोगिता एकपछि अर्को हुनुभन्दा पनि एकहप्ताको फरकमा हुनुपर्दछ ।’
संकटाका प्रशिक्षक शैलेश कर्माचार्यले मंगलबार काँकडभिट्टा गोल्डकपमा सहभागी भएर खेलाडीहरु रातारात आएर प्रतियोगितामा सहभागिता जनाउँदा सोचेअनुसार खेल नभएको बताए । उनले भने ‘खेलाडीले सक्दो खेले । तर, हाम्रो खेलाडीको स्तर योभन्दा ज्यादैमाथि को हो ।’
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक खेलाडीलाई नगद १५ हजार रुपियाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँ प्राप्त गर्नेछन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.