3 years ago
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबले पुछारमा रहेको विभागीय नेपाल पुलिस क्लबमाथि गोल वर्षा गर्दै सानदार जित दर्ता गरेको छ ।

च्यासल मैदान बुधबार भएको खेलमा जावलाखेलले १० खेलाडीमा समेटिएको पुलिसमाथि ६–१ को एकपक्षीय जित निकालेको हो ।
जावलाखेलको जितमा हिसव थपलिया र एनकोटो मासोएवीले समान दुई तथा फोडे फोफाना र अब्दुलअजिजले समान एक गोल थपे । पुलिसका मोसेस एक गोल फर्काए ।
गोलको वर्षा भएको खेलको ३०औं मिनेटमा फोडे फोफानाले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।
हिसव थपलियाको कर्नरमा एनकोटोको हेडरले गोललाइन क्रस गर्नै लाग्दा कप्तान रामचन्द्र वाजीले हातले बल रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसमै फोडेले गोल गर्न सफल भए ।
१० खेलाडीमा समेटिएको पुलिस त्यसपछि भने निरिह बन्दा फराकिलो हार बेहोर्न पुग्यो । ५१औं मिनेटमा हिसव थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा एनकोटोले गोल गरेपछि जावलाखेल खेलमा ३–० ले अघि बढ्यो ।
८१औं मिनेटमा एनकोटोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि एपिएफ खेलमा ४–० ले अघि बढ्यो । ८४औं मिनेटमा हिसवले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरेपछि जावलाखेल सहज जिततर्फ अग्रसर बन्यो ।
८८औं मिनेटमा मोसेसले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अब्दुलअजिजले गोल गर्दै जावलाखेललाई ६–१ को सानदार जित दिलाए ।
यस जितसँगै जावलाखेलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । ६ जित, २ बराबरी र २ हारको नतिजा निकालेको जावलाखेलको २० अंक पुगेको छ ।
एक खेल कम खेलेको सातदोबाटोको १७ अंक छ । पराजित पुलिस १० खेलबाट ५ अंक जोडेर पुछारमा रहँदा रेलिगेसन दवाव झनै बढेको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]