3 years ago
April 22, 2023
एजेन्सी – अन्तिम समयमा मार्टिन ओडेगार्ड र बुकायो साकाले गोल गरेपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल हारबाट जोगिएको छ ।

सुरुवातमै २–० ले पछि परेको आर्सनलले अन्तिम समयमा दुई गोल गरेपछि साउथह्याम्टनसँग ३–३ गोलको बराबरी खेलेको हो । साउथह्याम्टनका कार्लाेस अल्कारेज, थियो वाल्कोट र डुज कालेटा कारले गोल गरे । घरेलु टोली आर्सनलका गाब्रिएल मार्टिनेली, मार्टिन ओडेगार्ड र बुकायो साकाले बराबरी गाल फर्काए ।
इमिरेट्स स्टेडियम लन्डनमा शुक्रबार राति भएको खेलको चौथो मिनेटमा कार्लाेस अल्कारेजको गोलबाट आर्सनल खेलमा पछि परेको थियो । १४औं मिनेटमा थियो वाल्कोटले आफ्नै पूर्व क्लबविरुद्ध गोल गरेपछि आर्सनल सुरुवातमै २–० ले पछि पर्यो ।
२०औं मिनेटमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने संकेत दिदै २–१ को स्थितिमा ल्याए । ६६औं मिनेटमा डुज कालेटाले गोल गरेपछि आर्सनल खेलमा ३–१ ले पछि पर्यो ।
खेलको पछि परेको आर्सनलले खेलको अन्तिम समयतिर लगातार आक्रमण बुन्दै अंक खोस्न सफल भयो । ८८औं मिनेटमा कप्तान ओडेगार्डले बेन ह्वाइटको पासमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।
त्यसपछि इन्ज्युरी समयमा साकाले गोल गर्दै टोलीलाई हारबाट जोगाए । इन्ज्युरी समयमै आर्सनलले अर्काे दुई अवसर गुमाउँदा आर्सनल जितबाट वञ्चित बन्यो ।
यसा बराबरीसँगै आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३२ खेलबाट ७५ अंक पुगेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको सिटीको ७० अंक छ ।
अब सिटीले आफ्नो दुवै खेलमा जित निकाले आर्सनलले शीर्षस्थान गुमाउनेछ । साउथह्याम्टन २४ अंक जोडेर पुछारमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]