3 years ago
April 23, 2023
एजेन्सी – अल्जेरियन फरवार्ड रियाद महारेजको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

सिटीले च्याम्पियनसिप क्लब सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । वेम्वली स्टेडियम लन्डनमा शनिबा राति भएको खेलमा सिटीले खेलको सुरुवातदेखि नै सेफिल्डमाथि दवाव बढाएपनि गोलको लागि पहिलो हाफको अन्तिम समयमा पेनाल्टीको सहारा नै लिनु परेको थियो ।
४३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफका १–० को अग्रता दिलाए । ड्यानिउल जेविसनले बर्नाडो सिल्भालाई स्लाइड फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा महारेज चुकेनन् ।
६१औं मिनेटमा महारेजले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा ज्याक ग्रेलिसको पासमा महारेजले ह्याट्रिक पूरा गर्दै सिटीलाई सहज जित दिलाएर फाइनलको यात्रा तय गराए ।
अब सिटीले उपाधिका लागि ३ जुनमा म्यानचेस्टर युनाइटेड र ब्राइटन होव अल्वियोनबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीले आज राति सेमिफाइनल खेल्दैछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]