default_image

3 years ago

April 23, 2023

१५ वर्षीय यमल बार्सिलोनाको सिनियर टोलीमा

496 views

0 Bookmark

एजेन्सी – स्पेनको उमेर समूहबाट खेलिसकेका युवा प्रतिभावान् फरवार्ड लमाइन यमल क्याटलान क्लब बार्सिलोनाको म्याच डे टोलीका स्थान बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आइतबार एट्लेटिको मड्रिडको सामना गर्ने टोलीमा समावेश गरेपछि १५ वर्षीय विंगर फरवार्ड लमाइन यमल बार्सिलोनाको टोलीमा स्थान बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् ।

बार्सिलोनानको सिनियर टोलीमा समावेश गरेपछि प्रशिक्षक जाभीले उनलाई ‘निडर’ भनेका छन् । बार्सिलोनाको प्रतिष्ठित ला मासिया एकेडेमीको उत्पादन यमल जुलाईमा १६ वर्षको हुनेछ । उनी क्लबको इतिहासमा सबैभन्दा कान्छो खेलाडी बन्नेछन् ।

‘उनी एक खेलाडी हुन् जसले हामीलाई मद्दत गर्न सक्छन् किनभने उहाँ प्रतिभाशाली हुनुहुन्छ ।’ जाभीले भने, ‘उनीसँग धेरै प्रतिभा छ, उ निकै बलियो छ, उनी क्लबमा इतिहास बनाउने खेलाडी बन्न सक्नेछन् ।

मोरक्कन बुबा र इक्वेटोरियल गिनीका आमा भएका यामलको जन्म १३ जुलाई २००७ मा भएको हो । उनी पाँच वर्षको हुँदादेखि नै बार्सिलोनामा छन् ।

यदि उनले आइतबार खेलेमा उनी १५ वर्ष २८५ दिनको हुनेछन् । अर्मान्ड मार्टिनेज सागी हालको रेकर्ड होल्डर हो । अप्रिल २, १९२२ मा रियल गिजोनविरुद्ध खेल्दा उनी १५ वर्ष ११ महिना र ५ दिनका थिए । बार्सिलोनाका पूर्व युवा उत्पादन जाभीले यमललाई अन्य खेलाडीसँग तुलना गर्न गाह्रो हुने बताएका छन् ।

‘उहाँ जन्मजात प्रतिभा हुनुहुन्छ, नयाँ पुस्ता, मेरो जमानासँगको भिन्नता यो हो कि उनीहरूलाई कुनै डर छैन ।’ जाभीले भने, ‘लामिन फरक छ, उहाँसँग विभिन्न विशेषताहरू छन्, म प्रत्यक्ष तुलना देख्दिन ।’

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ८ अंकले अगाडि छ, तर बार्सिलोनाले गेटाफे र जिरोनासँग गोलरहित बराबरी खेलेको छ ।

जाभीले नोउ क्याम्पमा एट्लेटिको म्याड्रिडविरुद्धको लिग खेलमा चोट नै बोकेका मिडफिल्डर पेड्री र फ्रान्की डे जोङलाई पनि टोलीमा समावेश गरेको छ ।

२०१२ देखि बार्सिलोनाको एकेडेमीका रहेका लमाइन यमले स्पेनको उमेर समूह यू१५, यू१६, यू१७ र यू१९ बाट प्रतिनिधित्व गरिसकेका छन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.