3 years ago
April 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ ।

च्यासल रंगशालामा आइतबार भएको सातदोबाटो र शेर्पाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो । सातदोबाटोका लागि दुवै गोल दीपक राज सिंह ठकुरीले गर्दा शेर्पाका निशान लिम्बु र सुशील राईले बराबरी गोल फर्काए ।
खेल सुरु भएको ४६ सेकेण्डमै दीपकले गोल गर्दै सातदोबाटोलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । पासाङ लामाको क्रसलाई अनमार्क रहेका दीपकल हेडरमार्फत सुन्दर फिनिस गरे ।
७२औं मिनेटमा परिवर्तित खेलाडी निशान लिम्बुले गोल गर्दै खेललाई १–१ गोलको बरारीमा ल्याए । फकुन्लेको लो क्रसमा निशाले गोलरक्षक अभिषेक बरालले बल भेट्नुअघि नै वान टचमै बललाई जाली चुमाए ।
८०औं मिनेटमा दीपकले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सातदोबाटोलाई पुनः २–१ को अग्रता दिलाए । सारदोरवेकले आफैले गोल गर्न सक्ने अवस्था रहेपनि उनलाई दीपकलाई गोलका लागि असिस्ट दिए । जारी लिगमा उनको यो आठौं गोल हो ।

तर, सातदोबाटोको त्यो अग्रता लामो समय टिकेन । ८३औं मिनेटमा सुशील राईले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै शेर्पालाई हारबाट जोगाए । कप्तान विश्वास श्रेष्ठको लो क्रसमा सुशीलले एक डिफेन्डरबाट अघि बढ्दै गोल गर्न सफल भए ।
यस बराबरीसँगै सातदोबाटोले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा ११ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा रहेको छ । समान १८ अंक नै रहेपनि चर्च ब्वाइज र थ्री स्टार गोलअन्तरमा दोस्रो र तेस्रोमा छ । शेर्पा ११ खेलबाट १० अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा यथावत छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]