default_image

3 years ago

April 23, 2023

न्यूक्यासलसँग टोटेनहमको लज्जास्पद हार

164 views

0 Bookmark

एजेन्सी – टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडसँग लज्जास्पद हार बेहोरको छ । टोटेनहमले घरेलु टोली न्यूक्यासलसँग ६–१ को लज्जास्पद हार बेहोरको हो ।

न्यूक्यासलको सानदार फराकिलो जितमा ज्याकव मर्फी र एलेक्सान्डर इसाकले समान दुई गोल गर्दा जोइलिन्टन र कलुम विल्सनले समान एक गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए ।

सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति भएको खेलमा टोटेनहम सुरुवाती २१ मिनेटभित्र नै ५–० ले पछि परेको थियो । दोस्रो हाफमा टोटेनहमले एक गोल फर्काउँदा अर्काे एक गोल खाँदै फराकिलो हार बेहोर्न पुग्यो ।

खेलको दोस्रो मिनेटमा नै ज्याकव मर्फीको गोलबाट न्यूक्यासलको गोलको खाता खोल्यो । छैटौं मिनेटमा जोइलिन्टनले गोल गर्दै अग्रता दोब्बर पारे ।

नवौं मिनेटमा मर्फीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यसपछि १९औं र २१औं मिनेटमा इसाकले गोल गरेपछि टोटेनहम २१ मिनेटभित्रै खेलमा ५–० ले पछि पर्यो ।

४९औं मिनेटमा केनले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । तर, ६७औं मिनेटमा कलुम विल्सनले गोल गर्दै टोटेनहमलाई ६–१ को लज्जास्दि हार चखाए ।

यस जितसागै न्यूक्यासल ३१ खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लदै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । पराजित टोटेनहम ३२ खेलबाट ५३ अंक जोडेर पाँचौं स्थानमा छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.