default_image

10 months ago

April 27, 2023

आर्सनलमाथि सिटीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरेको छ । सिटीले घरेलु मैदानमा आर्सनलमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सिटीको जितमा केभिन डि ब्रुएनाले दुइै तथा जोन स्टोन्स र एर्लिङ ब्राउट हालान्डले समान एक गोल गरे । आर्सनलका रोब होल्डिङले एक गोल फर्काए । […]

172 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरेको छ ।

सिटीले घरेलु मैदानमा आर्सनलमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सिटीको जितमा केभिन डि ब्रुएनाले दुइै तथा जोन स्टोन्स र एर्लिङ ब्राउट हालान्डले समान एक गोल गरे । आर्सनलका रोब होल्डिङले एक गोल फर्काए ।

इतिहाद स्टेडियममा गोलको वर्षा भएको खेलको सातौं मिनेटमा ब्रुएनाको गोलबाट सिटीले गोलको खाता खोलेको थियो । उनले हालान्डको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जोन स्टोन्सले ब्रुएनाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा ब्रुएनाले हालान्डकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीकालागि तेस्रो गोल गरेपछि सिटी खेलमा ३–० ले अघि बढ्यो ।

८६औं मिनेटमा लियान्द्रो ट्रोसार्डको पासमा रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा हालान्डले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई ४–१ को सानदार जित दिलाए ।

सिटीसँगको हारसँगै आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ । आर्सनललाई हराएसँगै दुई खेल कम खेलेको सिटीको उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।

दोस्रो स्थानमा रहेको सिटीको ३१ खेलबाट ७३ अंक पुगेको छ । अब सिटीले दुवै खेलमा जित निकालेमा आर्सनललाई ४ अंकले पछि पार्नेछ ।

February 28, 2024

प्रितीको विजयी गोल फिजियो नविनालाई समर्पण

काठमाडौं (हाम्रो खेलकुद) – स्टार मिडफिल्डर प्रिती राईले वाफ च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा गरेको विजयी गोल फिजियोथेरापिस्ट नविना श्रेष्ठ वैद्यलाई समर्पित गरेकी छिन् । लेवनानविरुद्ध दोस्रो हाफको इन्ज्युरी समयमा प्रितीले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै नेपालको २-१ को जित पक्का गरेकी थिइन् । उनकै गोलमा नेपालले फाइनलमा स्थान बनाएको थियो । खेलपछि बोल्दै प्रितीले […]

February 28, 2024

साम्बाले फाइनल खेल्ने अन्यौलमा!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले वाफ च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाउँदा स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले खेल्ने-नखेल्ने अन्यौल रहेको छ । नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेवनानलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा नेपालका लागि बराबरी गोल समेत गरेकी साम्बा फाइनलमा भने अनुपस्थित रहने सम्भावना छ । […]

February 28, 2024

अन्तिम समयमा प्रितीको गोलसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २-१ को नाटकीय जित दर्ता गरेको हो । खेल १-१ […]

Success

Thank you for your time.