default_image

9 years ago

January 5, 2017

साहारालाई पाखा लगाउदै मनाङ फाइनलमा

150 views

0 Bookmark

हेटौडा (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब पोखराको साहारा क्लबलाई १-०ले पराजित गर्दै हेटौडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

mmc

आज भएको सेमिफाइनल खेलमा विदेशी खेलाडी आफ़िज ओलावालेको एकमात्र गोलको मद्दतले मनाङले फाइनलको यात्रा तय गरेको हो।
डिफेन्डीङ च्याम्पियन मनाङको जितमा खेलको आठौ मिनेटमा विदेशी खेलाडी ओलावालेले गरेको गोल निणर्यक बन्यो । मनाङका सुजल श्रेष्ठ दोहोरो पहेंलो कार्डको कारण खेल्न नसकेपनि खेलमा मनाङले पूर्ण दवदवा राखेको थियो।

अब उपाधिका लागि मनाङले भोली हुने आर्मी र विजय युथ क्लब हेटौडाबीचको सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । १४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रथम हुने टिमले ५ लाख तथा दोस्रो हुनेले ३ लाख पुरस्कार पाउने छन्।

 

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.