9 years ago
January 5, 2017
दिपक बोहोरा
पाँचथर– आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ६–० ले हराउँदै बिर्ता युनाइटेड क्लब झापा आठौं फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको छ । फिदिम उच्च माबिको खेल मैदान बिहीबारको सेमिफाइनलमा अनुभवी खेलाडी सम्मिलित झापाले आयोजक फिदिमलाई पराजित गरेर अन्तिम दुईको यात्रा तय गरेको हो ।

मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनलमा पुगको झापा ११ कै अधिकांश टोली विर्ता युनाइटेड झापाबाट खेलिरहेका छन् । विर्ता युनाइटेडको जितमा विकेश लिम्बुले २ गोल, कर्ण लिम्बु, देवेन्द्र तामाङ, बुद्ध चेम्जोङ र योगेश गुरुङले समान १ गोल गरे ।
खेलको तेस्रो मिनेटमा विकेशले गोल गरेका थिए । बुद्धको क्रसमा विकेशले गोल गरेका थिए । १३ औं मिनेटमा मिनेटका चर्चित स्टाइकर कर्णले गोल गर्दै झापाको अग्रता दोब्बर पारे । २७ औं मिनेटमा कर्नर एरियाबाट क्रस आएको बललाइ देबेन्द्रले हेड गोल गरे ।
दोश्रो हाफको पहिलो मिनेटमा नै बिकेशले गोल गरे पछि आयोजक थप दबाबमा परेकोे थियो । ६६ औं मिनेटमा योगेश गुरुङले दिएको पासलाइ बुद्धले आयोजकका रक्षकहरुलाइ छल्दै गोल गरेका थिए । ६८ औ मिनेटमा झापाका योगेशले गोल गर्दा झापा ६–० ले बिजय हुन पुग्यो । योगेश खेलको म्यान अफ दी म्याच घोषित भए ।
फाल्गुनन्द गोल्डकपमा शुक्रबारको खेल
कर्ण सिं सोनाम स्मृति क्लब ताप्तेजुङ बिरुद्ध एलाभेन एरोज दुहबि सुनसरि
फिदिम उच्च मा.बिको खेल मैदान
दिनको २ बजे
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]