9 years ago
January 5, 2017
काँकरभिट्टा,२१ ( हाम्रो खेलकुद)– एपिएफ र झापा ११ बीच मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको उपाधिको लागि प्रतिस्पर्धा हुने भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई बिहीबार टाइब्रेकरमा ५—४ गोल अन्तरले हराउँदै एपिएफले स्थानिय झापा ११ सँगको फाइनल भेट पक्का गरेको हो । यी दुई टोलीबीचको खेलको निर्धारित समय १–१ को बराबरी टुंगिएको थियो ।

खेलको ४२ औँ मिनेटमा आयोजकका तर्फबाट निशान्त लिम्बुले गोल गरे । त्यसको २ मिनेट पनि वित्न नपाउँदै एपिएफका रमेश दंगालले बराबरी गोल फर्काएका थिए । टाइब्रेकरमा एपिएफका गोलरक्षक राजु योगी , मिलन केसी, नविन लामा, प्रविन स्याङ्गतामा सुदिप शिखाकरको प्रहार गोलमा परिणत भएको थियो । आयोजकका तर्फबाट सञ्जय राजवहाक, जीवन गुरुङ्ग, सेमसुङ्ग र आदित्य कार्कीको प्रहार गोलमा परिणत भयो । निर्धारित समयमा गोल गर्ने निशान्तको पेनाल्टीलाई एपिएफका गोलकिपर राजुले रोकेका थिए । राजुनै खेलको म्यान अफ दी म्याच चुनिए ।
उनले प्रतियोगिताको मुख्यः प्रायोजक मेची नेत्रालयका तर्फबाट उपलब्ध गराईको म्यान अफ द म्याचको पुरस्कार ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । शनिबार हुने प्रतियोगिताको फाइनल खेलको विजेता टिमले ४ लाख १ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले २ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेत जानकारी दिए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]