9 years ago
January 6, 2017
बिल्बाओ (एजेन्सी) – नौं खेलाडीमा सिमिति भएर पनि एथ्लेटिक बिल्बाओले कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनालाई २–१ ले हराएको छ ।

पहिलो हाफमा तीन मिनेटको फरकमा दुई गोल गरेको बिल्बाओले दास्रो हाफमा ९ खेलाडीमा सिमित भएर पनि नतिजा आफ्नो पक्षमा पारेको थियो । अरिट्ज अदुरिजले २५ औं र इनाकी विलियम्सले २८ औं मिनेट गोल गरेपछि बिल्बाओले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।
बार्सिलोनाको लागि लियोनल मेस्सीले दास्रो हाफमा फ्रिकिकमार्फत गोल फर्काउँदै अन्तर घटाएका थिए । तर ७४ औं मिनेटमा दोस्रो पहेलो कार्डको सामना गर्दै राउल गार्सिया र ८० मिनेटमा डेर्टिएनोले मैदान छाडेपछि बिल्बाओ ९ खेलाडीमा सिमित भएको थियो । बार्सिलोनले थुप्रै प्रयास गरे पनि गोल गर्न नसक्दा पहिलो लेगमा २–१ ले पछि परेको हो । इन्जुरी समयमा मेस्सीको प्रहार पोस्टमा लागेर फर्केपछि बराबरीको मौका समेत गुमेको थियो ।
साविक विजेता बार्सिलोना र बिल्बाओबीचको दोस्रो लेग जनवरी १२ मा नो क्याम्पमा हुनेछ ।
हाइलाईट्स
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]