3 years ago
May 4, 2023
अर्जुन कार्की, बागलुङ
बागलुङमा जारी प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधिको लागि नेपाली सेनाको श्री मेहर गण घोडाबाधे व्यारेबक र वीर गोर्खाली युथ क्लब भिड्ने भएका छन् ।

बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा श्री मेहर गणले कालीपुल युनाइटेड क्लब बेनीलाई १–० र दोस्रो सेमिफाइनल खेलमा वीर गोर्खालीले चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबलाई ३–२ ले हराउँदै फाइनल पुगेका छन् ।
श्री मेयरलाई फाइनलमा पु¥याउनको लागि लेफ्ट विङगर दिशान्त राईले ६३ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।
अर्को खेलमा वीर गोर्खालीले सनसनीपूर्ण जित निकाल्दै अन्तिम दुईको यात्रा तय गरेको हो । २ गोलले पछि परेको वीर गोर्खालीले खेलको अन्तिम समयमा ५ मिनेटमा तीन गोल गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

चिल्ड्रेनका दिवस छन्त्यालले खेलको २४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ८० मिनेटमा खेलको ४२ औं मिनेटमा चिल्ड्रेनका नाइजेरियन स्ट्राइकर जोन ग्लोरीले गोल गर्दै अग्रतालाई दोब्बर पारे ।
वीर गोर्खालीका मिलन साङत्यानले ७२ औ. मिनेटमा गोल गरे भने सुशिल थापाले ७४ औं मिनेटमा बराबरी गोल गरे । मिलनले ७६ औं मिनेटमा डिबक्स बाहिरबाट गोल गरेपछि टोलीको फाइनल यात्रा पक्का भएको थियो । फाइनल शुक्रबार हुनेछ ।
बागलुङ जेसिजले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख र दोस्रो टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले पुरस्कार पाउनेछन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]