3 years ago
May 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले ह्याट्रिक पूरा गरेको खेलमा न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ ।

एनआरटीलाई ४–१ ले पराजित गर्दै चर्च ब्वाइज शीर्षस्थानमा उक्लन सफल भएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक तथा सुशिल शाहले एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको चर्च ब्वाइजले दोस्रो हाफमा तीन गोल थप्दा एनआरटीका दिपेश आलेमगरले एक गाेल फर्काए ।
४०औं मिनेटमा सुशिल शाहले गोल गर्दै चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । कमल श्रेष्ठको कर्नरमा अनमार्क रहेका सुशिले क्लोज रेन्जबाट हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
५१औं मिनेटमा अन्जन विष्टले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे । कमल श्रेष्ठकै कर्नरमा उनले हेडरमार्फत सुन्दर गोल गर्न सफल भएका थिए ।
६१औं मिनेटमा अन्जन विष्टले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३–० ले अघि बढाए । सुशिल शाहको चलाखीपूर्ण पासलाई अन्जनले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक सन्तोष महतलाई बिट गर्दै दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए ।
त्यसअघि आशिष चौधरीले गोल गरेपनि अफसाइड हुँदा गोलले मान्यता पाएन । ८५औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजलाई ४–० को अग्रता दिलाए । गगनदीप सिंहको प्रहारलाई एनआरटीका डिफेन्डर अजय चौधरीले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले चर्च ब्वाइजलाई पेनाल्टी प्रदान गर्दा अन्जन चुकेनन् ।
जारी लिगमा यो तेस्रो ह्याट्रिक हो । यसअघि मछिन्द्रका ओलावाले ओलाडिपो अफिज र एफसी खुमलटारका स्टेफन समिर विनोङले ह्याट्रिक पूरा गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा दिपेश आले मगरले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको चर्च ब्वाइजको १५ खेलबाट २७ अंक पुगेको छ । समान खेलबाटै जावलाखेलको २४ अंक छ । पराजित एनआरटीको १५ खेलबाट १७ अंक छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]