3 years ago
May 6, 2023
एजेन्सी – जर्मन मिडफिल्डर इल्केए गुन्डोगानको दुई गोल मद्दतमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

सिटीले घरेलु मैदानमा लिड्समाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो । लिड्सका रोड्रिगोले एक गोल फर्काए । इतिहाद स्टेडियम म्यानचेस्टरमा शनिबार राति भएको खेलको १९औं मिनेटमा गुन्डोगानको गोलबाट सिटीले खेलमा १–० को अग्रता लिन सफल भएको थियो ।
उनले रियाद महारेजको पासमा गोल गर्न सफल भएका थिए । २९औं मिनेटमा गुन्डोगानले महारेजकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।
८४औं मिनेटमा गुन्डोगान पेनाल्टीमा चुक्दा ह्याट्रिकबाट पनि चुके । फिल फोडेनलाई पास्कलले फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा गुन्डोगानको पेनाल्टीलाई लिड्सका गोलरक्षक जोइल रोब्लेसले बचाइदिए ।
त्यसको एक मिनेटपछि नै रोड्रिगोले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।
यस जितसँगै सिटीले शीर्षस्थानमा स्पष्ट ४ अंककदे अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । सिटीको ३४ खेलबाट ८२ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलको ७८ अंक छ । पराजित लिड्स ३५ खेलबाट ३० अंक जोडेर १७औं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]