default_image

3 years ago

May 9, 2023

चर्च ब्वाइजलाई अपि पावरको प्रायोजन

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडलाई अपि पावर कम्पनि लिमिटेडले प्रायोजन गरेको छ ।

मंगलबार एक कार्यक्रममाझ अपि र चर्च ब्वाइजले सम्झौतामा हस्ताक्षर गरे । चर्च ब्वाइजका लागि अध्यक्ष टंकलाल राई र प्रबन्ध निर्देशक संजिव न्यौपानेले हस्ताक्षर गरे । कार्यक्रममा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले मुख्य प्रायोजकको लोगोसहितको जर्सी सार्वजनिक गरेका थिए ।

चर्च ब्वाइज र अपिबीच एक वर्षको लागि सम्झौता भएको हो । अर्को वर्ष सम्झौता नविकरण गर्ने विकल्प पनि रहेको छ । दुवै पक्षले आर्थिक सम्झौताबारे खुलाउन चाहेनन् ।

चर्च ब्वाइजले बुधबार साविक विजेता मच्छिन्द्रसँग खेल्दैछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । चर्च ब्वाइज १५ खेलमा २७ अंकसहित शीर्षस्थानमा रहेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.