9 years ago
January 6, 2017
हेटौडा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को फाइनलमा प्रवेश गरेको छ । हेटौंडाको प्राइम पोलिक्लिनिक विजय युथ क्लबको चुनौती ४–१ गोलअन्तरले समाप्त पार्दै शनिबार हुने फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग भेट पक्का गरेको हो ।

एक गोलले पछाडि परेको अवस्थामा चर्चित स्ट्राइकर नवयुगले खेल सकिन १६ सकेन्ड बाँकी रहेको अवस्थामा गोल गर्दै खेललाई बराबरीमा ल्याएसँगै आर्मीको जीतको आधार तय भएको थियो । निर्धारित समयमा १–१ गोलको बराबरी भएको अवस्थामा थप गरिएको अतिरिक्त २० मिनेटको समयमा आर्मी हाबीहुँदै तीन गोल गर्न सफल भएको थियो ।
खेलमा विजय युथले मार्टिन अजाइको गोलबाट अग्रता लिएको थियो । मार्टिनले सुजित बुढाथोकीको क्रसरमा हेडमार्फत् गोल गरेका थिए ।निर्धातिर ९० मिनेटपश्चात् थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा नवयुगले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । आर्मीले खेलको ९१ औं मिनेटमा भरत खवासको गोलमार्फत् अग्रता लिएको थियो । विजय युथका तीनजना डिफेन्डरलाई छक्याउँदै नवयुगले दिएको क्रस बलमा भरतले गोल गरेका थिए । उनले प्रतियोगितामा गरेको यो पहिलो गोल हो ।
खेलको ९४ औं मिनेटमा हिरणय मगरले हेडमार्फत गोल गर्दै आर्मीको अग्रतालाई फराकिलो पारेको थियो । उसले भरत खवासको क्रसमार गोल गरेका थिए । १०६ मिनेटमा आर्मीका दीप लामाले नवयुग श्रेष्ठको क्रसबलाई गोलमा परिणत गरेसँगै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । आर्मीका प्रशिक्षक नविन न्यौपानेले विपक्षी खेलाडीको फिटनेस कमजोरहुँदा फाइदा आफूहरुले लिएको बताए ।
‘हामीले गोल खाएको अवस्थामा सम्हालिएर खेल्यौं । जसको फाइदा हामीलाई भयो । थप समयमा विपक्षी खेलाडीहरुको फिटनेस ज्यादै कमजोर भएको कारण हामीलाई सजिलो भयो,’ उनले भने । विजय युथका प्रशिक्षक सुविन घिमिरेले खेलमा भाग्यले साथ नदिएको बताए । ‘दुर्भाग्य भन्नुपर्छ । हामीले अन्तिम सेकेण्डमा गोल खायौं । हाम्रो खेलाडी घाइते भएको कारण हामीले थप समय खेल्न सकेनौं ।
समुन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा भएको प्रतियोगिताको विजेता र उपविजेताले नगद पाँच र तीनलाख रुपियाँ प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक खेलाडीलाई नगद १५ हजार रुपियाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिता हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा सञ्चान भइरहेको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]