3 years ago
May 10, 2023
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सले सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका छन् । बार्सिलोनामा बुस्केट्सको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।

सम्झौता सकिएसँगै उनले क्लब पनि छाड्ने क्लबका पदाधिकारीलाई जानकारी गराएका हुन् । ३४ वर्षीय बुस्केट्सले केही दिन अघि नै क्लबका पदाधिकारीलाई क्लब छाड्ने विषयमा जानकारी गराइसकेका छन् ।
मंगलबार बार्सिलोना प्रशिक्षणमा उनले आफ्नो निर्णय क्लबका अधिकारीहरूलाई आन्तरिक रूपमा बताएका छन् । तर, उनको आधिकारिक निर्णय आउन बाँकी छ ।
उनले यो सिजनको स्पेनिस ला लिगाको उपाधि जितेपछि बार्सिलोना छाड्ने घोषणा गर्न सक्छन् । यो सिजन ला लिगाको उपाधिनजिक रहेको बार्सिलोनाले आइतबार स्पान्योलविरुद्ध खेल्दैछ । यसमा सफलता हात पारे बार्सिलोना चार सिजनपछि ला लिगा च्याम्पियन बन्नेछ ।
सिजनको अन्तिम घरेलु खेल र ट्रफीसहित बुस्केट्सले क्लब छाड्ने घोषणा गर्न सक्छन् । बुस्केट्सले लामो समयदेखि आफ्नो भविष्यबारे सोचिरहेको र यो निर्णयलाई हल्का रूपमा लिएका छैनन् ।
बुस्केट्स १५ वर्षयता बार्सिलोनामा छन् । उनी क्लबको सफलताको हिस्सामध्ये एक हुन् । उनीसँगै क्लबका रहेका धेरैले क्लब छाडिसकेका छन् । बुस्केट्सले पनि आफ्नो समय आएको महसुस गरिरहेका छन् ।
बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो पूर्व मिडफिल्डका सहयात्री बुस्केट्सलाई क्लबमै बस्न आग्रह गरिरहेका छन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]