3 years ago
May 16, 2023
एजेन्सी – नेपाली महिला राष्ट्रिय टोलीका मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट फुटबल क्लब भारतीय महिला लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । फरवार्ड रेखा पौडेल सम्मिलित स्पोर्ट्स ओडिसा भने क्वाटरफाइनलबाट बाहिरियो ।

मंगलबार भएको क्वाटरफाइनलमा हप्स फुटबल क्लबलाई २-१ ले हराउँदै किकस्टार्टले अन्तिम चारमा स्थान बनाएको हो । किकस्टार्टका लागि काभिया पक्किरिसमीले १७ औं मिनेटमा अग्रता दिलाएकी थिइन् । रेणु रानीले ६२ औं मिनेटमा खेल बराबरीमा ल्याइन् । इन्ज्युरी समयमा किओको एलिजबेथले गोल गर्दै किकस्टार्टलाई जित दिलाइन् ।
किकस्टार्टका लागि रेनुका र सरु दुवैले सुरुवाती रोजाइमा खेलेका थिए । ७४ औं मिनेटमा रेनुकाको स्थानमा विजयी गोलकर्ता एलिजाबेथ मैदान प्रवेश गरेकी थिइन् । सरुले भने पूरा ९० मिनेट बिताइन् ।
यस्तै रेखा पौडेलको टोली स्पोर्ट्स ओडिसा भने इस्टर्न स्पोर्टिङ युनियनसँग टाइब्रेकरमा ४-२ को स्कोरमा पराजित भयो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएको थियो ।
६७ औन् मिनेटमा ल्हिंगेदेकिमको गोलमा इस्टर्नले अग्रता लिएको थियो । मनिषा नाईकले ८० औं मिनेटमा बराबरी गोल फर्काइन् । रेखाले ९० मिनेट नै मैदानमा बिताइन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]