3 years ago
May 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ ।

भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनमा नेपाल आयोजक भारतका साथ पाकिस्तान र पहिलो पटक सहभागी हुन लागेको कुवेतसँग परेको छ । समूह बीमा अर्को नयाँ टोली लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । भारतको बेंगलुरुमा असार ६ देखि १९ गते सम्म च्याम्पियनसिपको आयोजना हुँदैछ ।
नेपाल अघिल्लो संस्करणको फाइनलमा पुगेको थियो । माल्दिभ्समा भएको त्यति बेलाको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । साफ च्याम्पिनसिपको इतिहासमा नेपाल एक पटक मात्र फाइनलमा पुग्न सफल भएको थियो ।

यसपटक दक्षिण एसियाबाहिरका दुई राष्ट्रले साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । दक्षिण एसियालका ७ मध्ये ६ राष्ट्रको सहभागिता साफ च्याम्पियनसिपमा रहनेछ । श्रीलंका भने फिफाबाट प्रतिबन्धका कारण सहभागिता जनाउने छैन ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]