default_image

3 years ago

May 18, 2023

सीएसआर रकम खेलकुदमा प्रयोग गर्न एनएसएलको ध्यानाकर्षण

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) अध्यक्ष आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष खेल क्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोषको (सीएसआर) रकम प्रयोग गर्नको लागि पहल गरिदिन ध्यानाकर्षण गराएकी छिन् ।

कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अध्यक्ष चौधरीले बताइन् । उक्त अवसरमा उनले एनएसएल खेल क्षेत्रमा निजि क्षेत्रलाई जोडदै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने र उत्कृष्ट प्रतियोगिताको माध्यमबाट नेपालि खेल क्षेत्रलाई थप व्यावसायिक र अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको भन्नेबारे जानकारी गराइन् । उक्त अवसरमा एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्की र सीइओ सुदिप शर्माको पनि उपस्थिति रहेको थियो ।

ध्यानाकर्षण पत्रमा खेलाडी र खेलकर्मीहरु खेलेर जिवन निर्वाह गर्ने वातावरण बनाउन व्यवसायहरुको समाजिक उत्तरदायित्वमा छुट्टाइएको रकमलाई खेलकुद क्षेत्रमा खेल र खेलाडीको प्रोत्साहनमा प्रयोग गर्न पाइने नियम लागु गर्न सकिएमा यस निर्णयले खेलकुद क्षेत्रमा लगानी बढन गई समग्र खेलकुद क्षेत्रलाई उकास्न सहयोगि सावित हुने जनाइएको छ ।

सरकार र निजि क्षेत्रको प्रत्यक्ष संलगनताबाट गरिने यो नविनतम प्रयासले नेपाली खेल क्षेत्र र खेलाडीहरुको स्तर उकास्ने र दिर्घकालिन रुपमा नेपाली खेल क्षेत्रले अन्तराष्ट्रिय रूपमै देशको नाम उच्च गर्न सफल हुने पत्रमा लेखिएको छ ।

एनएसएलले आफ्नो तर्फबाट खेल विकासमा गरेको प्रयासलाई निरन्तरता दिइरहने प्रतिवद्धता गर्दै सबै सरोकारवालाहरु संग एकतावद्ध भइ यस कार्यमा सम्मिलित हुन र आ-आफ्नो ठाउबाट आवश्यक पहल गरिदिनु हुन पनि अनुरोध पनि गरेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.