default_image

3 years ago

May 21, 2023

बार्सिलोनाको हार

237 views

0 Bookmark

एजेन्सी – यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनिसकेको क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ । बार्सिलोना घरेलु मैदानमा रियल सोसिडाडसँग २–१ ले पराजित भएको हो ।

स्पोटिफाइ क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई हार चखाउन मिकेल मेरिनो र एलेक्सान्डर सोर्लोथले गोल गरे । घरेलु टोलीका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा मिकेल मोरिनोको गोलबाट बार्सिलोना खेलमा १–० ले पछि पर्यो । उनले सोर्लाेथको पासमा गोल गर्न सफल भएका थिए ।

७१औं मिनेटमा सोर्लाेथले मार्टिन जुवीमेन्डीको पासमा गोल गर्दै रियल सोसिडाडलाई २–० ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयमा लेवान्डोस्कीले फेरान टोरेसको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि बार्सिलोनाको हार टरेन ।

च्याम्पियन बनेसँगै बार्सिलोनालाई खेल सकिएलगत्तै ट्रफी प्रदान गरिएको थियो । घरेलु मैदानमा हार भोगेपनि बार्सिलोनाले खुशीयाली मनाए ।

यस हारसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको ३५ खेलबाट ८५ अंक छ । बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ ।

बार्सिलोनालाई हराएको रियल सोसिडाडले शीर्ष चारमा रहँदै अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बनाएको छ । सोसिडाड ३५ खेलबाट ६५ अंक जोडेर चौथो स्थानमा छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.